नेवा : गुठी तानसेनको अध्यक्षमा पुनः गोङ्गल
आइतबार, असोज ७, २०८०

अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित
शनिबार, असोज ६, २०८०
बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार विस्थापित भएको छ ।

शिक्षकहरुको आन्दोलन फिर्ता
शुक्रबार, असोज ५, २०८०
असोज ३ गतेदेखि सडकमा उत्रिएका शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । शुक्रबार सरकार र आन्दोलन शिक्षकबीच सहमति भएपछि शनिबारदेखि आन्दोलन फिर्ता हुने भएको हो ।

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा
शुक्रबार, असोज ५, २०८०
सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा शान्तिको अपिलसहित प्रदर्शन
बिहीबार, असोज ४, २०८०
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज रुपन्देहीमा शान्तिको अपिलसहित प्रदर्शन गरिएको छ ।

३२ थान मोबाइलसहित चार भारतीय पक्राउ
बिहीबार, असोज ४, २०८०
बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

गुल्मीमा करिब चार सय किशोरी आमा
बिहीबार, असोज ४, २०८०
गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ ।

आज विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै
बिहीबार, असोज ४, २०८०
आज विश्व शान्ति दिवस । ‘शान्तिप्रति हाम्रो कदम र महत्वाकांक्षा’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

विज्ञान र गणितका शिक्षक अभाव
बुधबार, असोज ३, २०८०
मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाइले बताए ।

विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा
बुधबार, असोज ३, २०८०
सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ ।

आज देशभर संविधान दिवस मनाइदैं
बुधबार, असोज ३, २०८०
आज देशभर संविधान दिवस मनाइदैं छ । संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आज ८ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।

ऋषिको पूजा आराधना गरी मनाइयो ऋषि पञ्चमी
मंगलबार, असोज २, २०८०
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् । ऋषि पञ्चमीसँगै...

आज दर खाँइदै, भोलि निराहार व्रत
आइतबार, भदौ ३१, २०८०
हरितालिका (तिज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ ।