निस्दीमा तीन जोडीको बालविवाह रद्द, एक जोडी फरार
बिहीबार, असोज ११, २०८०

आज सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइँदै
बिहीबार, असोज ११, २०८०
आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । सन् २०१५ मा युनेस्कोको साधारणसभाले सूचनामा विश्वव्यापी पहुँच आवश्यक मान्दै यसलाई पारित गरेपछि हरेक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइँदै आएको हो ।

आज ‘विश्व रेबिज दिवस’ मनाइँदै
बिहीबार, असोज ११, २०८०
आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस । नेपालमा पनि ‘एकका लागि सबै, सबैका लागि एक स्वास्थ्य’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज...

निस्दीमा बालविवाह : विवाह गर्न लागेको एक जोडी फरार
बुधबार, असोज १०, २०८०
जिल्लाका निस्दी गाउँपालिका –१ राउवनमा बालविवाहको तयारी गरेको एक जोडी फरार भएको छ । राउवनकी १८ वर्षीया बालिकाको विवाह हुन लागेको जानकारी पाउन साथ प्रहरी, वडाका जनप्रतिनिधि र पालिकाका कर्मचारी बालिकाको घर पुुगे पनि उनीहरु त्यहाँ फेला पर्न सकेनन् ।

पर्यटकीय सिजन नै छैन उत्साजनक
बुधबार, असोज १०, २०८०
विश्व पर्यटन दिवस आज नेपालसहित विश्वमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘पर्यटन र हरित लगानी’ नारासहित विश्व पर्यटन दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापनासँगै उक्त दिनको सम्झनामा हरेक वर्षको सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ ।
कोइला अभावमा आरन व्यावसायी समस्यामा
बुधबार, असोज १०, २०८०
विश्वकर्मा समुदायको पुर्खौली पेसाका रुपमा रहेको आरन व्यवसायका लागि कोइलाको अभाव हुन थालेको छ । कोइला बजारमा प्रयाप्त किन्न नपाइने तथा कोइला बनाउन आवश्यक पर्ने रुख र वुट्यान सजिलै नपाइने भएपछि आरन पेसा गर्दै आएका विश्वकर्मा समुदायले समस्या झेल्दै आएका छन् ।

आज परमाणु हतियार निर्मूल दिवस
मंगलबार, असोज ९, २०८०
अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ । सन् २०१४ बाट हरेक वर्ष यो दिवस मनाउने सुरु गरिएको हो ।

गुल्मीमा पहिरोमा पुरिएर एकको मृत्यु
सोमबार, असोज ८, २०८०
जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । स्थानीय शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा काम गर्ने मजदुरको मृत्यु भएको हो ।

विद्यार्थीमा व्यावहारिक क्षमताको खोजी
सोमबार, असोज ८, २०८०
अहिलेको शिक्षण पद्धति ‘सैद्धान्तिक मात्र भयो, व्यवहारिक भएन’ भन्ने टिका टिप्पणी जताततै सुन्ने गरिन्छ तर, प्राक्टिकल (व्यवहारिक) अभ्यासको प्रयास भने कमै शिक्षणसंस्थाले अपनाएको देखिन्छ ।

तानसेनमा युवा जुनियर रेडक्रस गोष्ठी
सोमबार, असोज ८, २०८०
जिल्लाको तानसेनमा नगरस्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी भएको छ । नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा, गौतम बुद्ध उपशाखा, मणिमुकुन्द उपशाखा, भीमभैरव उपशाखा तानसेनको आयोजनामा तानसेनस्थित पप नमुना माविमा एक दिने गोष्ठी भएको हो ।

तानसेनमा ‘श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’, विद्यार्थीले गरे क्षमता प्रदर्शन
आइतबार, असोज ७, २०८०
तानसेनमा ‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ आयोजना गरिएको छ । आइतबार कोएस्ट नेपालको आयोजना, श्रीनगर हब र पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कुलको आतिथ्यतामा कन्भेन्सन आयोजना गरिएको हो ।

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर
आइतबार, असोज ७, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

पाल्पाका पत्रकार भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशील पत्रकारिता पुरस्कार’
आइतबार, असोज ७, २०८०
पाल्पाको रामपुर–१० स्थायी घर भएका पत्रकार जीवन भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । काउन्सीलको स्थापना दिवसको अवसरमा राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उनलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।