
पाल्पा,लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेलले बाहिर हल्ला भए जस्तो अस्पतालमा आइसुलेसन र स्वास्थ्यकर्मीको कुनै पनि अभाव नरहेको बताएका छन् । बुधबार कलेजमा आयोजित पत्रकारहरुसगँको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष पोखरेलले कोरोना नियन्त्रणका लागि अस्पतालमा सबै तयारी भएकाले आइसुलेसन र स्वास्थ्यकर्मीको पनि अभाव नरहेको बताएका हुन् ।
उनले महामारीको नियन्त्रण सामmा दायित्व भएकाले १० बेडको आइसुलेसनका लागि तयारी अवस्थामा रहेको र त्यसका लागि आवश्यक डाक्टर तथा स्वास्थ्यकर्मीको कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार हाल एक सय पच्चिस जना डाक्टर सहितको स्वास्थ्यकर्मी परिचालित भएका छन् ।
अध्यक्ष पोखरेलले नेपाल सरकारसगँ सहकार्य गरी विश्वव्यापी रुपमा फैलिएको कोरोना रोगको महामारी रोक्नका लागि आफुहरु कटिवद्ध रहेको बताए ।
कोरोनाको संक्रमणबाट जोगिन कलेजले आफैले तयार गरेका सामग्रीहरु प्रयोग गरेको र आवश्यक औषधी एक महिनाका लागि स्टक समेत अस्पतालमा रहेको उनले जानकारी गराए । कार्यक्रममा मेडिकल कलेजले शिविर क्लिनिक समेत सुरुवात गरिसकेको,स्वास्थ्य सवेदनसिलताका कारण लगाएका अवधिमा लकडाउनदेखि मगलबारसम्म मेडिकल कलेजमा इमरजेन्सी सेवाबाट १ सय एक जान बिरामीले उपचार गराएको, भर्ना भएका २ सय एक जना बिरामीको स्वास्थ्य उपचार भइरहेको जानकारी अध्यक्ष पोखरेलले जानकारी दिए ।
अन्तक्र्रियामा लुम्बिनी मेडिकल कलेजका विषयमा उठेका जिज्ञासाको जवाफ दिदै अध्यक्ष पोखरेलले भने केहि सञ्चार माध्यममा भ्रामक र कपोकल्पित समाचार आएकाले ती सत्य नभएको बताए । उनले कोरोना नियन्त्रण सचेत , सजग र आत्मबल महत्वपूर्ण भएकाले त्यसतर्फ ध्यानदिन सबैलाई आग्रह गरे । पत्रकारको जिज्ञासको जवाफ दिदै उनले भने आवश्यक परेको खण्डमा अस्पतालका सबै बेडको प्रयोग गर्न सकिने र त्यसका लागि आवश्यक तयारी गरेको उनले बताए ।