Shittalpati
पाल्पाको समृद्धिको आधार पर्यटन :  मन्त्री राना

रामचन्द्र रायमाझी
पाल्पा, लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले पाल्पाको समृद्धिको आधार कृषिसँगै पर्यटन क्षेत्र रहेको बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा मंगलबार (नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स) नाटा पाल्पा च्याप्टरले तानसेनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले पाल्पामा समृद्धिको आधार पर्यटन क्षेत्र रहेको बताएका हुन् । उनले पाल्पामा थुप्रै पर्यटकीय सम्भावनाका क्षेत्रहरु रहेकाले तिनीहरुको पहिचान गरी आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए ।

मन्त्री रानाले भने,‘प्रेमको प्रतिक रानी महल, ऐतिहासिक पाल्पा दरवार, प्राकृतिक पर्यटकिय स्थल श्रीनगर, एसियाको सबै भन्दा ठूूलो ढोका, ऐतिहासिक रणउजेश्वरी भगवती मन्दिर, भैरव स्थान,ऋषिकेशव मन्दिर जस्ता धार्मिक र पर्यटकीय क्षेत्रहरु रहेका छन्, तिनीहरुको उचित किसिमले उपयोग गर्न सक्ने हो भने आम्दानीको राम्रो स्रोत बन्द छ ।’ यहाँका पर्यटकीय र धार्मिक क्षेत्रहरुको संरक्षण र संवद्र्धनमा सबैले चासो देखाउनुुपर्ने मन्त्री रानाले बताए । उनले प्रदेश सरकारले पनि आर्थिक समृद्धिका क्षेत्रहरुको पहिचान गरी लगानीमैत्री वातावरण बनाउन लागेको समेत बताए । मन्त्री रानाले भने,‘समृद्धिका लागि आधार मानिएका पर्यटन क्षेत्र हुन् वा कृषि, जलस्रोत ति सबैको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न प्रदेश सरकार लागि परेको छ ।’ पाल्पामा आन्तरिक तथा बाÞय पर्यटकहरु भित्र्याउने विषयमा सबै पक्षले ध्यान दिनुुपर्ने उनले बताए । मन्त्री रानाले पाल्पाको विकास र समृद्धिका लागि आफुु सधैव तयार रहेको समेत धारणा व्यक्त गरे । उनले लामो समय कोभिडका कारण तहसनहस भएको पर्यटन क्षेत्रलाई पुर्नताजगी दिन सबैले आ–आफ्नो ठाउँबाट लाग्न समेत आग्रह गरे । कार्यक्रममा नाटा पाल्पा च्याप्टरका संस्थापक अध्यक्ष प्रदीप प्रसाद उदयले तानसेनको पर्यटन क्षेत्रको विकासका लागि च्याप्टरले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

उनले कोभिडका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको उत्थान र विकासका लागि स्थानीय र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताए । टुरिजम एक्सन कमिटी तानसेनका संयोजक तथा तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जनले तानसेनमा धेरै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यकट भित्र्याउने दिशामा आफुु लागि परेको बताए । पर्यटन क्षेत्रको विकासमा सबै क्षेत्र र निकाय लाग्न सकेको खण्डमा तानसेनको आर्थिक समृद्धि सम्भव रहेको उनले धारणा व्यक्त गरे । होमस्टे एसोसियसन पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले यहाँका थुप्रै पर्यटकीय क्षेत्रहरु रहे पनि प्रचार प्रसारको कमी रहेको धारणा व्यक्त गरे । सोही अवसरमा साइकल संघ पाल्पाले साइकल र्‍याली समेत निकालेको थियो । साइकल ¥याली तानसेन टुडिखेलबाट शुरू भई पेट्रोल पम्प, टक्सारटोल, बसन्तपुर, कैलाशनगर, भगवतीटोल, शिलतपार्टी, नारायणस्थान हुँदै पुनः टुडिखेलमा आई समापन गरिएको थियो । यस्तै सोही अवसरमा नाटा पाल्पा च्याप्टरले बतासेडाँडामा प्याराग्लाइडि· मार्फत खुुला आकाशमा नेपालको झण्डा फरफराएको थियो । संस्थाका अध्यक्ष राजिव कुमार साहको अध्यक्षता, महासचिव सतिश राज शाक्यको सञ्चालनमा शुुभारम्भ कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update