Shittalpati
रैनादेवी मन्दिर निर्माणको लागि प्राविधिक नापजाँच

कृष्ण पोखरेल
पाल्पा, रैनादेवी छहरा गाउँपालिकाले आफ्नो नामाकरण भएको ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वको धरोहर रैनादेवी मन्दिर क्षेत्र संरक्षण र संवद्र्धनको लागि काम शुरु गरेको छ । पालिकाको प्राविधिक शाखाले रैनादेवी मन्दिर क्षेत्रको पूर्वाधार निर्माणको लागि मन्दिर क्षेत्र वरीपरी प्राविधिक नापजाँच गरेको छ ।

निर्वाचनको रुपमा जनतासंग गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले गाउँपालिकाको नामाकरण भएको रैनादेवी मन्दिर संरक्षण, सम्वद्र्धन तथा पूर्वाधार विकासको काम गर्ने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धता अनुसार अध्यक्ष भट्टराईले पालिकाका ११ औ गाउँससभाको नीति तथा कार्यक्रम बजेटमा रैनादेवी मन्दिरको लागि ५० लाख रुपैयाँ बजेट पारित गरेका थिए । स्थानीय राजनीतिक दल, गाउँका बुद्धिजिवी, बुढापाका, लामाधामी तथा धार्मिक व्यक्तिहरुको सहभागितामा तथा सरसल्लाहमा रैनादेवीको मौले क्षेत्रमा ३ तले मन्दिर निर्माणको काम शुरु भएको गाउँपालिकाका अध्यक्ष भट्टराईले बताए ।

मन्दिर निर्माण क्षेत्रको गाउँपालिकाका ईन्जिनियर किशोर खनाल लगायतको प्राविधिक टोलीले नापजाँच गरी डिजाइन स्टिमेटको काम शुरु गरेको छ । आउदो असार मसान्तसम्म सक्ने गरी डिजाइन स्टििमेटको काम भईरहेको आगामी पुशबाट मन्दिर निर्माणको काम शुरु हुने ईन्जिनियर खनालले जानकारी दिए । मन्दिर निर्माणलाई व्यवस्थित र पारदर्शी रुपमा काम गर्न आर्थिक समिति, निर्माण समिति, लेखा समिति, सल्लाहकार समिति गठन भएका छन् । मन्दिर निर्माण स्थलमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, वडा अध्यक्ष प्रदिप पौडेल लगायत गाउँका धार्मिक व्यक्तिहरुको सहभागिता रहेको थियो ।

रैनादेवी पश्चिम पाल्पाकै चर्चित मन्दिरको नामले चिनिन्छ । मन्दिरमा नवदुर्गा, न्वागी, बैशाखे पूर्णिमामा, चैत्र नवरात्रमा विशेष पुजाआजा मेला लाग्ने गरेको छ । प्रत्येक १५ दिनमा नियमित छोटी पुजा गर्ने परम्परा रहेको छ । यस क्षेत्रमा मानिसले नयाँ अन्न रैनादेवीलाई अर्पण गरेर मात्र घरमा खाने परम्परा रहेको पाइन्छ । डाँडाको अग्लो टुप्पोमा रहेकाले मन्दिर क्षेत्रबाट नेपालका अधिकांश हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । यसैगरी मुझुङको कालिका स्थान गढीमाई, सोमादीको देलुङ्गा, छहराको तिलकस्थान, बल्ढेङगढीको गढी दरवार, मगर, सत्यवतीमा रहेको पानी झरना, गुराशको वन सरक्षणमा पालिकाले बजेट विनियोजन गरी काम शुरु गर्ने पालिका अध्यक्ष भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update