
कौरव खत्री
गुल्मी,जिल्लाको मुसिकोट नगरपालिका २ स्थित खड्कदेवी युवा क्लवले विभिन्न वडामा माक्स र सावुन वितरण गरेको छ । ‘आफू पनि बचौ अरुलाई पनि बचाउ’ भन्ने अभियानमार्फत आर्थिक संकलन जुटाएर विश्व भर फैलिएको महामारी कोभिड १९कोरोना भाइरसको प्रभावको जोखिम न्यूनिकरणका लागि जनतालाई साविकको मुसिकोट गाविसका वडा नं.५ मा १ सय ७० पिस सावुन,वडा नं.७ मा २ सय ६० पिस, वडा नं.८ मा १ सय ९० पिस,र वडा नं.९ मा १ सय ४४ पिस गरी जम्मा ७ सय ६४ पिस हात धुने सावुन प्रति घरपरिवार २ वटाका दरले साविक वडाका एक/एक व्यक्तिहरुलाई वितरण गर्न जिम्मा दिएको खड्कदेवी युवा क्लवका कोषाध्यक्ष जगत अधिकारीले जानकारी दिए ।
साथै क्लवले गत आइतवार र सोमवारका दिन साविकको वडा नं. ६ का नागरिकहरुलाई ९ सय माक्स र ४सय पिस हात धुने सावुन वितरण गरिसकिएको क्लवका कोषाध्यक्ष अधिकारीले बताए । साथै कोभिड १९ कोरोना भाइरसको प्रभावको जोखिम न्यूनिकरण र यसबाट बच्नका लागि स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका नेपालीहरुबाट करिव १लाख ३५ हजार आर्थिक संकलन जुटेको क्लवका कोषाध्यक्ष अधिकारीले जानकारी दिए ।