पाल्पा, पाल्पाली कलाकारहरुले दर खाएर रमाइलो गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा भएको दर खाने कार्यक्रममा पाल्पाली कलाकारहरु नाँच, गान गरेर रमाइलो गरेका हुन् ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष रेखा विष्टको निवास बर्तु·मा पाल्पाली कलाकारहरु जम्मा भएर दर खाँदै नाँच, गान गरी रमाइलो गरे । हिन्दुहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर प्रतिष्ठानले दर खाने कार्यक्रम आयोजना गरेको हो ।
तिज पर्वको संरक्षण गर्दै साथीभाईहरु बिचको सम्बन्धलाई थप सुमधुर बनाउन दर खानुको साथै नाँच गान गरिएको प्रतिष्ठानकी जिल्ला अध्यक्ष रेखा विष्टले बताईन् । उनले भनिन् ‘प्रायःकलाकारहरु स्टेज कार्यक्रममा व्यस्त हुन्छौं सबै कलाकार एक ठाउँमा हुन नसक्ने हुँदा पनि अहिले तिजको अवसरमा दर खाँदै रमाइलो गर्न जम्घट भएका हौं ।’ ‘हामी कलाकारहरु सधै लोक संस्कृतिको जर्गेना र संरक्षणमा लागेकै हुन्छौ, मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु पर्छ भनेर नै जिल्लामा प्रतिष्ठान क्रियाशिल छ’ अध्यक्ष विष्टले भनिन् ।
महिला कलाकारहरुसँगै पाल्पाली लोक गायक तथा प्रतिष्ठानका जिल्ला सचिव कमल भट्टराई पनि
नाँच गानमा व्यस्त देखिन्थे । तीज पर्वले सबै क्षेत्रका व्यक्तिहरुसँग कलाकारहरुलाई जोड्ने काम गरेको गायक भट्टराई बताउँछन् । उनी भन्छन्,‘तिज पर्व साझा पर्व हो, तेरो मेरो होइन, चाड सबैको हो, यसले सबै वर्ग र क्षेत्रका नागरिकहरुलाई एक ठाउँमा ल्याउन टेवा पु¥याएको छ ।’ कलाकारसँगै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजाली, तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागरमान महर्जन, वडा सचिव विशाल ओली, नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख भरत आचार्यसहित पत्रकारहरु समेत नाँच गानमा रमाएका थिए । प्रतिष्ठानले विगतदेखि नै कला संस्कृतिको संरक्षणसँगै वातावरण सरसफाई, वृद्धवृद्धाहरु र असहायहरुको उद्धारमा रचनात्मक कार्य गर्दै आएको छ ।


-1762576335.jpg)