Shittalpati
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन

पाल्पा, तानसेन बहुमुखी क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन भएको छ । साहित्यलाई क्याम्पसको शैक्षिक गतिविधिहरुसँग समाहित गर्ने उद्देश्यले विभाग गठन गरिएको हो ।

विभागको अध्यक्षमा चन्द्रकान्त न्यौपाने, उपाध्यक्षमा शकुन्तला घिमिरे, सचिवमा भावना खनाल, सह–सचिवमा सरिता रेग्मी, कोषाध्यक्षमा पुनाराम घिमिरे चयन भएका छन् । यस्तै विभागको सदस्यहरुमा बिष्णु बराल,गम्भीर रायमाझी, नारायणी नेपाल,रमा घिमिरे रहेका छन् । विभागले संरक्षकमा क्याम्पस संरक्षक डा. रामप्रसादशर्मा, प्रमुख सल्लाहकारमा क्याम्पस सञ्चालन समितिका अध्यक्ष राजनप्रसाद पन्त,साहित्यिक संरक्षकमा क्याम्पस प्रमुख पुष्कर राज रेग्मीलाई समेत चयन गरेको छ । यस्तै उसले विभागको सल्लाहकारहरुमा निवर्तमान क्याम्पस प्रमुख गोबिन्द प्रसाद घिमिरे, पूर्व क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली, सहायक क्याम्पस प्रमुख अरूण ज्ञवालीलाई चयन गरेको क्याम्पस प्रमुख पुष्कर राज रेग्मीले बताए । विभागले पहिलो साहित्यिक कार्यक्रम भानुजयन्तीको सन्दर्भमा असार ३२ शनिबार भव्य कार्यक्रम गर्ने जनाएको छ । साहित्यको माध्यमबाट क्याम्पसको शैक्षिक विकास गर्ने, विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने, प्राध्यापकहरुको साहित्यिक क्षमताको अभिवृद्धि गर्ने विभागले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update