Shittalpati
रामपुरमा एक वृद्ध मृत फेला

पाल्पा, जिल्लाको रामपुरमा एक वृद्ध मृत फेला परेका छन् । रामपुर नगरपालिका ७ विजयपुरस्थित चोक सडक छेउमा ६९ वर्षीय भुवन दमाई मृत फेला परेका हुन् ।

स्याङ्जाको चापाकोट नगरपालिका– ७ हिलेमराङ घर भई हाल रामपुर ५ मा बस्दै आएका दमाई मंगलबार साँझा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत अवस्थामा भेटिएका उनको शरीरमा कुनै चोट पटक तथा घाउ नदेखिएको र शवलाई पोष्टमार्टमका लागि रामपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update