Shittalpati
विषादी सेवनबाट रामपुरमा एक वृद्धको ज्यान गयो

पाल्पा,  विषादी सेवनबाट पाल्पाको रामपुरमा एक वृद्धको ज्यान गएको छ । आफ्नै घरमा रहेको तरकारीमा प्रयोग गरिने विषादी सेवन गरी रामपुर नगरपालिका १ आरुखर्कका ७५ वर्षीय शेरबहादुर दर्जीको ज्यान गएको हो ।

मादक पदार्थ सेवन गरेका दर्जीले सोमबार तरकारीमा प्रयोग गर्न राखिएको विषादी सेवन गरेका थिए । विषादी सेवन गरेका उनलाई उपचारको लागि रामपुर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि मंगलबार लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएको थियो । घरको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालबाट आफन्तहरुले घरमै फिर्ता लगेका थिए । उनको घरमै राखिएको अवस्थामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि रामपुर अस्पताल पठाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update