Shittalpati
गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्‍यु

गुल्मी,  जिल्लाको मदाने गाउँपालिका वडा–१ अग्लुङमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । सोही ठाउँका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागेर मृत्यु भएको हो । मंगलबार बिहान परेको चट्याङले लागेर घाइते बिष्टको उपचारको लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि जिल्ला अस्पतालमा पठाइको थियो ।

यस्तै चट्याङ लागेर उनकी काकी ४२ वर्षीया संगीता बिष्ट घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update