Shittalpati
गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गयो

पाल्पा,  गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ सिंग्ले सलुनीटोलका ५९ वर्षीय गोपाल सार्कीको करेन्ट लागेर ज्यान गएको हो ।

आफ्नो घर नजिकैको मकै बारीमा बाँदर कुर्न जाने क्रममा भुइँमा लत्रिएको बिजुलीको तारमा छुँदा उनलाई करेन्टलाई लागेको थियो । करेन्ट लागेको उनको घटनास्थलमै ज्यान गएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । घटनाको विषमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update