Shittalpati
रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु

पाल्पा,  रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु भएको छ । गुल्मी छ्त्रकोट गाउँपालिका–६ अर्चलेखेतस्थित रिडी नदीमा पौडी खेल्ने क्रममा डुवेर रैनादेबी छहरा गाउँपालिका–३ छचुवाका पूर्णबहादुर कुमालको तीन वर्षीय छोरा मनिषबहादुर कुमालको मृत्यु भएको हो ।

सोमबार जेठा बुवाकी छोरीसँगै पौडी खेल्न गएका मनिष नदीमा डुवेका थिए । डुवेर अचेत अवस्थामा रहेका उनलाई छचुवाबाट उद्दार गरी उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि छहरा स्वास्थ्य संस्थातर्फ लैजादै गर्दा उनको बाटोमै ज्यान गएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update