Shittalpati
गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

गुल्मी, गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुवेर एक जनाको मृत्यु भएको छ । खोलामा माछा मार्न गएका जिल्लाको इश्मा गाउँपालिका–२ रातडाँडा सत्तलेका ४१ वर्षीय झविलाल कुमालको खोलामा डुवेर मृत्यु भएको हो ।

शनिबार दिउँसो छल्दी खोलामा माछा मार्न गएका कुमाल जाल फाल्दा ढुङ्गामा अड्किएपछि डुवेर निकाल्न खोज्दा आफै अड्किएको स्थानीयले बताएका छन् । जाल निकाल्न खोलामा डुवेर कुमाल लामो समयसम्म पनि ननिस्कीएपछि सँगै गएका साथीले डुवेर हेर्दा ज्यान गइसकेको बताइएको छ । खोलामा पानी धमिलो भएकाले पनि उनको उद्दारमा केही कठिनाई भएको थियो । उनी खोलामा डुवेको थाहा पाएपछि स्थानीयले हस्तिचौर प्रहरी चौकीमा खबर गरेका थिए । उनको शव पोस्टमार्टमपछि परिवारले दाहसंस्कार गरेका छन् । घटनाबारे थप अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुखद् घटनापछि इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुंवर र वडा अध्यक्ष लोकनाथ आचार्यले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै वर्षाको समयमा खोला नाला र पहिरोको उच्च जोखिम हुने भएकाले थप सर्तकता अपनाउन आम नागरिकलाई आग्रह गरेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update