Shittalpati
सुतजी,परिक्षीत र शौनकादी बिचको संवाद (भाग –२)

अस्वस्थामाले पाण्डव पुत्रको वध द्रौपदी शोकमा : नारद व्यासजी संवाद पछि के के भयो भन्ने बारेमा सूतजीले व्यासजीले भागवत सहिंताको रचना तथा पुनरावृती गरी निवृत्त मार्गमा भएका प्रवृत्त भएका शुकदेव नामक आफ्नो छोरोलाई यो भागवत ग्रन्थ्र पढाउनु भयो । शुकदेवजी ज्ञान भगवानका भक्तिमा ध्यानरतलाई शौनकजीले पाण्डव पुत्रहरु र परिक्षीतको जन्मका विषयमा सोध्दा महाभारतको युद्धमा भीमसेन गदा प्रहारले दुर्याधनको खुट्टा भाँचिएको रिसले दोण पुत्र अश्वस्थामाले पाण्डवका पुत्र पाँच सुतिरहेको बेला शिर काटेर ल्यायो । त्यसमा दुर्याेधनले मन पराएनन् निन्दनीय कार्यको सबैले विरोध गर्छन् । यो कुरा थाहा पाएपछि माता द्रौपदीले सारै विलप गरिन् ।

आँसुले बाटो देखिएनन अर्जुनले सम्झाउँदै हे कल्याणी त्यो आततायी अस्वस्थामा गाण्डिव धनुद्धारा छेदन गरी त्यसको टाउको तिमीलाई दिन्छु विलाप नगर पुत्रहरुको अन्त्योष्टि पछि त्यहि ठाँउमा बसि तिमी स्नान गरौली भने मिठाशब्दले द्रौपदीलाई शान्त पार्दै भगवान् श्रीकृष्णलाई सारथी बनाई आफ्नो कवच गाण्डिव धनु लिएर अस्वस्थामालाई लखेट्न सुरु गरे । अस्वस्थामा भाग्यो, थाकेपछि ब्रहमास्त्र प्रयोग भयो, सारा अन्धकार भयो, अर्जुनले भगवान् कृष्णलाई प्राथना गरे । यो प्राण रक्षाका उपाय नदेखि ब्रहमास्त्र छोडेको छ । यो तोड्ने विधी छैन तसर्थ तिमी पनि ब्रहमशास्त्र छोडी हाल भनेर भगवानले भन्दा छोडी हाले दुवै ब्रहमास्त्रको घनाघोर भै अग्नि ज्वालाले संसार भष्म गर्न लागेको भगवानले हे अर्जुन तिमी छिटो ब्रहमास्त्र संहार गर ।

अर्जुनले दुवै ब्रहमास्त्रलाई खिचेर ल्याएर पापिष्ठ आततायी अस्वस्थामालाई बाँधेर द्रौपदीका अगाडि ल्याई उभ्याई राखे दौपद्रीले देखिन् र दया लाग्यो मेरा छोरा फर्केर आउँदैनन् यिनि गुरु पुत्र हुन् जस्तो भएपनि छाडि दिनु होस् भनिन् ब्रहामण हुन जसको शिक्षाले हज्ुरको शस्त्र, अस्त्रको ज्ञान भयो म ऐले मेरा छोराहरुको शोकमा रोहीरहेको छु । त्यसै गरी यिनकी आमा गौतमी शोकमा रुन नपरोस् यस्तो दयालु वाणिले संसार चकित भए धन्य द्रौपद्र भने । युधिष्ठिर ,श्रीकृष्ण सबैले दौपद्रीको प्रशंसा गरे तर भिमसेनले यो पापीलाई मार्नै पर्छ भने यसै बिचमा श्रीकुष्णले ब्रहामणको हत्या गर्न हुँदैन यो आततायीलाई मार्न पर्छ । यी दुवै कुरालाई पालना गर । अर्जुन भन्दा अर्जुनले झट्ट कुरा बुझेर तरबार हातमा लिएर अस्वस्थामाका शिरमा प्रहार गरी शिरमा रहेको मणि केश काटेर झिकिदिए द्रौपदी अगाडि राखिदिए । अस्वस्थामाको तेजहिन भयो बन्धनबाट फुकाई दिए श्रीकृष्णले भनेका दुवै काम भए ।

अर्जुनको प्रतिज्ञा पनि पुरा भयो उता ब्रहामणको हत्या पनि भएन आततायीको मणि झिकेपछि मृत्य समान भयो । कपाल मुण्डन गरिदिनुु, धन खोसेर लिनु, बसेको ठाँउबाट हटाउनु निकाली दिनु, यी तीन दण्डनै ब्रहामणको फाँसि सरह हो भन्ने बचन छ । अस्वस्थामा गुदो नभएको फल जस्तो भएर रह्यो विलाप द्रौपदी पाण्डवहरु अन्त्योष्ठी कर्म तर्फ लागे । भन्ने कथा सातौ अध्याय सम्मा विस्तार भयो । आँठौ अध्यायमा पाण्डवहरु महाभारत युद्धमा मरेका सबैको शोक मग्न भएका गङ्गा गई स्नान तर्पण अञ्जली दिदैँ भाई विदुरका साथमा बसेका राजा धृतराष्ट्र महाराज युधिष्ठिर सबैलाई श्रीकृष्ण भगवानले धौम्यादी ऋषिहरुको साथमा सम्झाउँदै मृत्युलाई कसैले टार्न सक्दैन भनेर पाण्डवहरुलाई सान्त्वना दिनु भयो ।

दुर्याेधन दिले छल गरी हरण गरिएको राज्य युधिष्ठिरलाइ फिर्ता गराई दुर्याेधनादी दृष्ट राजाहरु वध गराई तीन वटा अश्रमेध नामका ठूला–ठूला यज्ञ युधिष्ठिरद्धारा गराई श्री कृष्ण भगवानले व्यास आदि ब्रहामणको पूजा गरी आफूपनि पूजित भई पञ्च पाण्डवसँग विदा भै उद्धवका साथमाद्धारका जान रथमा सवार हुनुभयो । यता पट्टी आगो जलेको ब्रहमास्त्रको तापले नस्ट गर्ला भन्ने डरले युत्त, पाण्डवका स्तुतीद्धारा प्रसन्न भएका श्रीकृष्ण भगवानको मायाले उत्तराका गर्भलाई ढाकी संरक्षण गर्नु भयो । पाण्डवको वंश धान्नका लागि ब्रहमास्त्रले केहि गर्न सकेनन् शान्त रहे भगवान् कृष्ण हस्तिनापुर तिर सवारी भयो भन्ने र कुन्तीले भगवानको ठूलो स्तुती गरिन भन्ने...।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update