Shittalpati
कल्याणकारी शिक्षक सहकारीको अध्यक्षमा गाहा

पाल्पा, नेपाल शिक्षक संघ पाल्पामा आवद्ध सदस्यहरुद्वारा सञ्चालनमा आएको कल्याणकारी शिक्षक बहुउद्देश्य सहकारीको अध्यक्षमा धनकला गाहा चयन भएकी छन् । शनिबार तानसेनमा भएको सहकारीको प्रथम साधारण सभाबाट गाहा अध्यक्षमा चयन भएकी हुन् । उनी शिक्षक संघको जिल्ला अध्यक्ष समेत हुन् । साधारण सभाले उपाध्यक्षमा सारधा पाण्डे, सचिव अशोक घिमिरे, सह–सचिवमा सुन्दर गाहालाई चयन गरेको छ ।

यस्तै सहकारीको सदस्यहरुमा आशा आले, डिला रानाभाट, धनकुमारी राना, डोलराज गौतम रहेका छन् । साधारण सभाले सहकारीको सल्लाहकार समेत चयन गरेको छ । उसले पाँच सदस्यी सल्लाहकार चयन गरेको हो । जसमा नेपाल शिक्षक संघका सल्लाहकार मिन बहादुर केसी, सीता कार्की, ममता ज्ञवाली, संघका पूर्व अध्यक्षहरु लक्ष्मण बस्याल, देवीप्रसाद भट्टराई रहेका छन् । सहकारीको अध्यक्ष धनकला गाहाले जिल्लाका दशवटै पालिकामा उपसमितिमार्फत सेवा विस्तार गर्ने बताईन् । उनले शिक्षकहरुको पेशागत क्षमताको विकाससँगै आर्थिक रुपमा सवल र सक्षम बनाउन र विपन्नत नागरिकको जीवनस्तर माथि उकास्न सहकारी सञ्चालनमा ल्याइएको बताईन् । सहकारीमा अहिले १ सय ४१ जना सेयर सदस्य रहेको र आगामी दिनमा एक हजार ५ सय पुर्‍याउने लक्ष्य रहेको अध्यक्ष गाहाले जानकारी दिईन । सुरुमा सहकारीको पुँजी सात लाख रहेको छ । शिक्षकहरुले जिल्लाभर कार्य क्षेत्र रहने गरी गत फागुन १८ गते दर्ता गराई शनिबारदेखि विधिवत रुपमा सहकारी सञ्चालनमा ल्याएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update