Shittalpati
गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

पाल्पा, सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार त्रि–द्विवसीय कार्यक्रमका हुनेछन् । दिवसको अवसरमा साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं व्यानर सजाएर साँझ दिपावली गर्ने र आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update