Shittalpati
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु

पाल्पा, पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका १० का ३६ वर्षीय कयम अलीको डुवेर मृत्यु भएको हो ।

विहीबार दिउँसो साथीहरुसँगै घुम्न आएका अली खोलामा पौडी खेल्दै फोटो खिच्दै गर्दा डुवेर बेपत्ता भएका थिए । ओली खोलामा बेपत्ता भएपछि सँगैका साथीहरुले प्रहरी चौकी दोभानमा खबर गरेका थिए । खबर लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अलीको खोजतलास गरेको थियो । खोजतलास गर्ने क्रममा प्रहरीले अलीलाई सोही स्थानमा पानीमा डुबेको अवस्थामा उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाएको थियो । अस्पताल पु¥याइएका अलीलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको शवलाई अहिले सोही अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update