Shittalpati
एसइई : पाल्पामा नेपाली विषय दिने एक सय ४७ परीक्षार्थी अनुपस्थित

पाल्पा, एसइई सञ्चालनको तेस्रो दिन पाल्पामा नेपाली विषय दिने एक सय ४७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ४३ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् । नियमिततर्फ छात्रा ४४ जना, छात्र ६० र ग्रेडवृद्धितर्फ छात्रा १३ , छात्र ३० जना परीक्षार्थी नेपाली विषयमा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।

यहाँ नेपाली विषयको परीक्षा दिने विद्यार्थीको संख्या ४ हजार ८ सय ३७ भए पनि ४ हजार ६ सय ९० जना परीक्षार्थी मात्र उपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए । एक सय ४७ जना अनुपस्थित भएका छन् । परीक्षामा ४ हजार ६ सय ७९ जना नियमित र ११ जना ग्रेडवृद्धितर्फका परीक्षार्थी उपस्थित भएका हुन् । जिल्लामा एक सय ३६ विद्यालयका परीक्षार्थीहरुले परीक्षा दिइरहेका छन् । परीक्षाको तेस्रो दिन पनि शान्त र मर्यादित रुपमा परीक्षा सञ्चालन भएको जनाइएको छ । परीक्षा वैशाख २० गते सम्म सञ्चालन हुनेछ । विगत दुई वर्ष कोरोना भाइरसको महामारीले सञ्चालन हुन नसकेको एसइई परीक्षा यस वर्ष भने विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन भइरहेको छ । यहाँ २६ वटा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update