Shittalpati
गुल्मी महोत्सव सुरू, गृहमन्त्री खाणले गरे उद्घाटन

गुल्मी, चौथो गुल्मी महोत्सव सुरु भएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न शुक्रबारदेखि महोत्सव सुरु भएको हो । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका थिए ।

महोत्सवको पहिलो दिन जिल्लाका विभिन्न संघ संस्थाहरुले झाँकीसहितको र्‍याली निकालेका थिए । महोत्सवमा विभिन्न औधोगिक क्षेत्रबाट उत्पादित सामग्रीहरुसँगै जिल्लामा विभिन्न जाती विशेष रहेका खानाका परिकारहरु, विभिन्न सँस्कृति झल्कीने झाँकीहरु प्रदर्शन गरिने छ । महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिइएको छ । महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवमा चिदीचौर खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्लास्थित उत्पादन हुने कृषिजन्य सामग्रीहरु, मनोरञ्जनात्मक पिङ लगायत विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरुको विक्री वितरणका लागी राखिएको छ । महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहेका छन् । महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update