Shittalpati
बजारबासीलाई तरुणदल द्वारा माक्स वितरण

इमान सिं राना

पाल्पा (रामपुर), नेपाल तरुण दल रामपुर नगर कार्यसमिति रामपुर पाल्पाले बेझाँड बजारमा निशुल्क माक्स वितरण गरेको छ । कोरोना भाईरसको त्रास संगै बजारमा माक्स अभाव भैरहेको समयमा समितिले सचेतना कार्यक्रम संगै स्थानियहरुलाई माक्स वितरण गरेको हो । बेझाँड बजार चोकमा सचेतनामुलक कार्यक्रम गरी स्थानियहरुलाई ६ सय वटा ढाकाको माक्स वितरण गरेको हो ।

बजारबासीहरुलाई माक्स वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कोरोना बाट बच्ने उपाय आफै सचेत रहनु भएको बताए । उनले आत्मबल बलियो बनाएर संयम रहन आग्रह गरे । कार्यक्रममा काशी कौगन्य स्वास्थ्य क्लीनिकका डाक्टर नरेश पौडेलले कोरोना भाईरसको बारेमा जानकारी दिदै सर्ने कारण, देखिने लक्ष्यण, बच्ने उपायका बारेमा जानकारी दिएका थिए ।

नेपाल तरुण दल रामपुर नगर कार्यसमिति रामपुरका सभापति शंकर बहादुर खाँणले विश्वमा फैलिएको महामारीको बारेमा थप सचेत गराउन माक्स वितरण गरिएको बताए । उनले बजारमा थप माक्स समेत वितरण गरिने बताए । माक्स वितरण कार्यक्रमको सञ्चालन नेपाल तरुण दल रामपुर नगर कार्यसमितिका सचिव छम बहादुर दरैं र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पाका सदस्य डीवि कालिजले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update