Shittalpati
गुल्मीमा माछा मार्ने क्रममा करेन्टर लागेर एक युवतीको ज्यान गयो

गुल्मी, गुल्मीमा माछा मार्ने क्रममा करेन्टर लागेर एक युवतीको ज्यान गएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ सालघारीकी २६ वर्षीया सरिता थापाको माछा मार्ने क्रममा करेन्टर लागेर ज्यान गएको हो ।

घर नजिकैको हुग्दीखोलामा माछा मार्ने क्रममा थापालाई करेन्ट लागेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । करेन्ट लागेर बेहोस भएकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । घटना लगतै जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय चन्द्रकोटको प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान थालेको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update