Shittalpati
गोकुल र लोकतन्त्र

प्रकाश नेपाल

हामीले प्रयोग गर्ने शब्दकोषमा गोकुलको अर्थ त गाईको बधान, यमुना नदी किनाराको धार्मिक स्थल र कानको लोतीमा लगाइने विशेष प्रकारको गहनालाई लगाउदो रहेछ । त्यो विशेष गरी नेपाली विषय अध्ययन गर्नेहरुले जान्ने र खोज्ने विषय हो । तर शब्दको अर्थ त विषय अनुसार लाग्दो रहेछ । जसको थालनी वर्तमान सरकारबाट नै भएको छ । गोकुलको अर्थ राजनैतिक शास्त्रमा फरक हुँदो रहेछ । यस विषयमा खोज्दै जाँदा गोकुलको अर्थ त के भेटियो भने निःसन्तानका धर्मपूत्र, सत्ता शक्तिको आडमा अवौं रुपैयाँ दोहन गर्ने सत्ताको आडमा मनपरी गर्ने, सिद्धबाबा मन्दिरमा डामेर छाडेको साढे जस्तोलाई अर्थ लगाउदो रहेछ । हुन पनि वर्तमान सरकारका सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटा त्यस्तै थिए । अर्थसंगै ठ्याक्कै मिल्यो ।

बास्कोटा बहाल वाला मन्त्री हुदाँ पनि उनीसँग सवाल जवाफ गर्न सक्ने क्षमता कसैसँग थिएन । मन्त्रीबाट च्यूत भएपछि उनीसँग सवाल जवाफ गर्न सक्दैनन् । गरुन पनि कसरी ? प्रश्न यहाँ हो गोकुल बास्कोटाले त नेकपाको कार्यकर्ता हुँ भनेर भन्नै नहुने गरी नेकपाको कार्यकर्ताहरुलाई विर्को लगाइदिए । नेकपा एमालेका जिल्लाका पुरानो नेताले भन्दै थिए । बास्कोटाले बदनाम गर्‍यो त्यो पनि प्रधानमन्त्रीको आडमा यसले इमान्दार बामपन्थीहरुलाई टाउको निहुर्‍याउने काम गर्‍यो । हुन पनि त्यस्ता भष्ट्रसँग कसले सवाल जवाफ गर्ला ? उनलाई सहानुभूती दिनेहरु पनि नेकपा भित्र । भष्ट्र, तस्कार र चैते वामपन्थी मात्र भेटिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्न खोज्या होइन ? उनको प्रवृत्तिको मात्र कुरा गर्न खोज्या हो । सर्वप्रथम उनी निसन्तान हुन् । २/२ पटक मुलुकको प्रधानमन्त्री, पार्टी अध्यक्ष, नेपालको प्रजातान्त्रिक आन्दोलनमा राम्र्रै भूमिका खेलेका व्यक्तिलाई अकूत सम्पत्ती किन आवश्यकता पर्‍यो ? प्रश्न यहाँ हो । गोकुल वास्कोटाको अडियो सञ्चार माध्यममा आउनु पूर्व ३ महिना अगाडि नै प्रधानमन्त्रीसँग पुगेको रहेछ ।

त्यसैगरी वास्कोटाको अडियोमा म भन्ने शब्द नै छैन हामी भन्ने शब्द प्रयोग भएको छ । हामी भन्ने शब्दले प्रधानमन्त्री पनि हो । भन्ने अर्थ लाग्दछ । देखिएको ७७ करोड होइन ? अर्व हो त्यसैगरी नदेखिने गरेका आठओटा विषय छन् । त्यसमा ठूलो कुर्सीमा बस्नेलाई ठूलो भाग सानो कुर्सीमा बस्नेलाई सानो भाग अवस्य हुन्छ । निसन्तान ओलीले यत्ती सारै कसका लागि के का लागि भष्ट्राचार गर्न ऐजेन्ट राख्दै छन् र कुरा यहाँ हो । हुन त धार्मिक जन विश्वास अनुसार सत्य कुरा प्रमाणित हुनलाई समय लाक्दछ भनिन्छ । हुन पनि एक वर्षमा गोकुल वास्कोटा होइन गोकुल ओलीको असली स्वरुप उदाङ्गो भयो ।

स्वतन्त्र प्रेसलाई नियमन गर्न विधेयक प्रस्तावित गरे । साच्चै उक्त विधयेक पास भएको भए उनको कर्तुत बाहिर आउँदैन थियो यदि आएको भए पहिलो पटक समाचार बाहिर ल्याउने निडर पत्रकार अजयबाबु शिवाकोटी यतिखेर जेलमा हुन्थे । बालुवाटार वाइडवडी विमान खरिद काण्ड बाहिर आउने नै रहेन छ । त्यसैले उनले स्वतन्त्र प्रेसको घाँटी च्याप्न खोज्या रहेछन् । टेलिकम सम्बन्धमा विनोद चौधरीले पोलखोली दिएका छैनन् । त्यहाँबाट केहि नआउने भएपछि चौधरी ग्रुपलाई फोन सेवा सञ्चालनका लागि अनुमती पत्र नै दिएनन् । नेपाल टेलिकमको भन्दा कम मूल्यमा गुणस्तरीय सेवा प्रवाह गर्छौ भन्दा कमिसन नपाएपछि अनुमती नदिने त्यहाँ भन्दा भष्ट्रको हुन्छ ? हुन्छन् त गोकुल ओली हुन्छ । त्यस्ता व्यक्तिलाई सार्वजनिक स्थानमा नाङ्गै बनाउनु पर्दछ भने त्यस्तालाई संरक्षण गर्ने धर्म बाबुलाई बालुवाटारबाट बादर खेदैझै खेद्नु पर्दछ । यत्तिका दिनसम्म छानविनको प्रक्रिया कहाँ पुग्यो ? छानविन गरी दोषीलाई कानुनी कारवाही गरिनु पर्ने थियो ।

तर त्यसो नगरी घटनालाई साम्य पार्न प्रयत्न गरिएको छ । तर भष्ट्र वामपन्थी सरकारले साम्य पार्न खोजे पनि नेपाली जनताले हिसाब किताब एकदिन गर्नेछन् । वामपन्थीहरुमा भ्रष्टाचार संस्थागत हुन्छ । त्यसबाट आर्जित रुपैयाँले पार्टी चल्ने हो । होइन भने अर्वमा किन भष्ट्रचार ? प्रधानन्त्री किन मौन जस्ता अनुउत्तरीय प्रश्न छन् । प्रधानमन्त्रीलाई व्यक्तिगत रुपमा किन सम्पत्ती आर्जन गर्नुपर्‍यो उनले एजेन्टका रुपमा राखेका धर्मपुत्रबाट आएका रकम पार्टी भन्दा आफ्नो समूह बलियो बनाउने प्रयोजनका लागि, हो त्यसैले धर्म पुत्रको काण्ड कसले अनुसन्धान गर्ने हो, भन्ने विषयमा अन्योल भएको पक्कै हो । हुन त हाम्रा पूर्वजले राणा, पञ्चायतलाई कहिल्यै नर्फकने गरी फ्याके । त्यसको अवशेष कही छैन तर त्यो भन्दा कडा तानसाहको जन्म भएको छ । ती व्यक्ति हुन सत्ता पक्षका केपी शर्मा ओली, प्रतिपक्षका शेरबहादुर देउवा, बहुमतको आडमा जे जस्तो पनि हर्कत गर्न सक्ने त्यसैले अबको पुस्ताले यिनका विरुद्धमा अर्को आन्दोलन गर्नुपर्ने छ, तर त्यसरी आन्दोलन गरिरहँदा वर्तमान व्यवस्था रहने कि नरहने भन्ने मात्र हो ।

अडियोमा वास्कोटाको आवाज प्रष्ट छ । मुलुकको प्रधानमन्त्री जस्तो व्यक्तिले उसको नसक्कली आवज होइन भनेर भन्नु अदालतमा मान हानीको मुद्दा हाल्न लगाउनु जस्ता कार्य गर्न हुने कि नहुने आज एक पटक गम्भीर भएर सोच्नुपर्ने समय आएको छ । बालुवाटार जग्गा प्रकरणमा अर्का तस्कर विष्णु पौडेल नामको जन्तुलाई चोख्याउने काम भयो । मानिसले मिल्दैन थियो जन्तुले जता जे गरे पनि हुने भएकाले जन्तु भनिएको हो जस्तो लाक्दछ । हुन त त्यहि प्रकरणबाट पौडेललाई यतिखेर निसन्तानलाई राजौकी सन्तानवालालाई रोजौ भन्ने अहिले त्यो अवस्था आएको छ । पञ्चायतकालिन समयमा भष्ट्रचार भयो भनिन्थ्यो तर त्यतिबेला लाखमा हुन्थ्यो, त्यसैले भष्ट्र पञ्च भनियो । ०४६ साल पछि लाखबाट करोडमा पुग्यो त्यो पनि काँग्रेसकालिन समयमा त्यसैले वामपन्थीहरुले निर्वाचनका समयमा भष्ट्र काँग्रेसी भनेको नारा गुञ्जिन्थ्यो । तर सर्वहारा वर्गले नेतृत्व गरेको सरकारका समयमा भ्रष्टाचार शून्यमा झर्ला भनेको झन माथि माथि पुगेर गिनीज बुकमा नाम लेखाउन सफल हुने अवस्था आयो ।

के यहि गर्न जनताले बहुमत दिएको हो कमरेड यसको जवाफ मात्र नभइ हिसाब किताबसम्म आगामी निर्वाचनमा आम नेपाली जनताले खोज्ने छन् । मन्त्री परिषद हेरफेर भयो त्यति बेला गोकुल वास्कोटाको नाम पनि वहिर्गमन हुनेमा नाम थियो । उनको मात्र होइन ? खानेपानी मन्त्री विना मगरको पनि नाम थियो । भष्ट्रचारका क्षेत्रमा उल्लेखनीय रुपमा ख्याति कमाएका व्यक्तिहरु वहिर्गमनमा परेनन् । यसप्रकरणले के अर्थ लगाउछ भने पैसा लुटान गर्न राखेका ऐजेन्ट नै रहेछन भन्ने प्रटिन्छ । त्यसैले कारवाही नगरेको भन्ने अर्थ पनि लागेको छ । राज्य कोषको दोहन गरी व्यक्तिगत सम्पत्ती आर्जन गर्ने व्यक्तिलाई कारवाही नै गर्नुपर्ने हो । अब दिनका हिसाबले एक महिना वित्न लाग्यो । अहिले सरकारमा रहेको पार्टी प्रतिपक्षमा भएका बखतमा यो प्रकरण भएको भए सदन त अवरुद्ध हुन्थ्यो नै त्यसै माथि सडक किनारका र्‍यालिङ्ग तोडफोड हुन्थ्यो । फरक यहि नै हो काँग्रेस र कम्युनिष्ट ।

तर प्रतिपक्षले शालिन तवरले सरकारसँग यसको जवाफ खोजिरहेको छ । दलहरुको कार्यशैली व्यवहार आचरण यहि नै अन्तर हुन्छ । तर भष्ट्र व्यक्तिलाई जिम्मेवारी दिदाको परिणाम यस्तो भयो सुनिन्छ वर्तमान प्रधानमन्त्रीले वास्कोटालाई पुन मन्त्रिपदमा पुर्नस्थापित गर्दै छन् भन्ने । त्यस्तो भएको खण्डमा वदनाम त भयो नै त्यसमाथि दलीय व्यवस्थाले समेत बदनाम बनाउने काम हुने छ । त्यसको अन्तिममा व्यवस्था माथि नै आँच आउने प्रवल सम्भावन देखिन्छ ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार
समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update