Shittalpati
बाजा सहयोग

रामपुर (पाल्पा), आदिवासी जनजाति समन्वय समिति रामपुरले कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न यहाँका मगर नेवार समुदायलाई मौलिक वाद्यवादन सामग्री सहयोग गरेको छ । समितिले रामपुर नगरपालिकाका १४ मगर समूहलाई एक/एक थान मादल र खैजडी चाप, नेवार समूहलाई ढोलक र झ्याली प्रदान गरेको हो ।

सो अवसरमा समितिका अध्यक्ष ईश्वरी श्रेष्ठले पुख्र्याैली पेसालाई निरन्तरता दिन वाद्यवादनका सामग्री समूहलाई उपलब्ध गराएको बताए । कला संस्कृति जोगाइ राख्नका लागि वडाले वाद्यवादनका सामग्रीमा आर्थिक सहयोग गरेको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए । –रासस

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update