Shittalpati
प्रतिष्ठानद्वारा कोरोना सम्बन्धी सचेतना र मिर्गौला पीडितलाई सहयोग

रमेश विश्वकर्मा

गुल्मी, राष्ट्रिय लोक तथा दोहारीगीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीले लोक दोहोरी दिवसको अवसर पारेर बिश्व व्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस सम्बन्धी स्वास्थ्य जनचेतना कार्यक्रम गरेको छ । जिल्लाको तम्घासमा स्वास्थ्य सचेतना स्वरुप हस्ताक्षर गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष बसन्त खत्रीले जानकारी दिए । कोरोना के हो ? यसबाट कसरी बच्ने लगायतका विभिन्न सचेतना मूलक सन्देशहरु सहित हस्ताक्षर कार्यक्रम राखिएको थियो ।

आमनागरिकलाई यसबारे सचेत रहन र सचेत छु भन्ने प्रतिवद्ध जनाउनका लागि सचेतना स्वरुप हस्ताक्षर र सचेतना कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष खत्रीले बताए । नेपाली काँग्रेसका जिल्ला सभापति, तथा प्रतिष्ठानका सल्लाहकार भुवनप्रसाद श्रेष्ठले प्रतिष्ठानले सञ्चालन गरेको सचेतना कार्यक्रममा हस्ताक्षर गरे लगतै जिल्लाका आम सर्बसाधारणहरुले कोरोना भाईरसबाट म सचेत छु भन्दै हस्ताक्षर गरेका थिए । त्यस्तै प्रतिष्ठानले दिवसको अवसर पारेर जिल्लाको रेसुङ्गा नगरपालिका ८ निवासी युगल भुजेललाई ५ हजार ५ सय ५५ रुपैयाँ अािर्थक सहयोग गरेको छ । भुजेलका दुवै मिर्गौला फेल भएर उपचार गराई रहेका छन् । उनको आर्थिक अवस्था निकै दयनिय र कमजोर देखेर प्रतिष्ठानले आर्थिक सहयोग गरेको हो । उनी जिल्लाका चर्चित फुटबल खेलाडी तथा सामाजिक व्यक्तित्व समेत हुन । आथिक सहयोग उनका दाजु डिलबहादुर भुजेललाई हस्तान्तरण गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update