Shittalpati
निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

विष्णु पाण्डेय

पाल्पा,स्याङ्जाको कालिगण्डकी गाउँपालिका १ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँ सेवा परिवार र विपि स्मृति परिवार बसुन्धरा काठमाण्डौंको आयोजना तथा कालिगण्डकी गाउँपालिका र महिला सहकारीको सहयोगमा यहि चैत्र १ गते शिविर सञ्चालन हुन लागेको हो ।

शिविरबाट सामान्य चिकित्सा,बाल स्वास्थ्य,जनरलसज्री हाडजोर्नी,स्त्री तथा प्रसुती,महिलाको पाठेघरको क्यान्सर परीक्षण,छाला रोग,दात तथा गिँजा,आखा तथा भिडियो एक्सरे र सुगर परीक्षण गरिने गाउँ सेवा समाजका संयोजक एवं वरिष्ठ डा. धन बहादुर रानाले जानकारी दिए । वडा स्तरमा यस्ता प्रकारका सेवा सुविधाले वडाका जनता लाभान्वित हुने १ का वडा अध्यक्ष सोभिलाल चौतारेले बताए ।स्थानीय स्तरमा सञ्चालित शिविरले सामान्य उपचार गराउन टाढा जानुपर्ने अवस्थाको अन्त्य गर्ने उनले विश्वास व्यक्त गरे । वडाका नागरिकलाई सेवा लिई लाभान्वित हुन उनले आग्रह समेत गरेका छन् । शिविर, वडा कार्यालयमा सञ्चालन हुने छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update