Shittalpati
समाज रूपान्तरणमा टीभीको भूमिका

सञ्चारका चार माध्यम छापा, रेडियो, टिभी र अनलाइनमध्ये एक सशक्त माध्यम हो टेलिभिजन । टेलिभिजन एउटा श्रव्य तथा दृश्य सामग्री पनि हो । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको विकासमा टेलिभिजन र टेलिभिजन पत्रकारिताको महत्वपूर्ण योगदान रहेको छ । वर्तमान सन्दर्भमा टेलिभिजन सेटको माध्यमबाट ‘विश्व एक गाउँ’का रूपमा परिणत भएको छ । सूचना, समाचार, सार्वजनिक बहस एवं शिक्षाको अतिरिक्त मनोरञ्जनका दृष्टिकोणले टेलिभिजन जति प्रभावकारी साधन अर्को छैन ।

सन् १९३० को दशकमा प्रसारण सुरू भएको टेलिभिजन प्रविधि कोरोना कहरको बीच अहिले अझै प्रभावकारी हँुदै गएको छ । सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसार गरेको थियो । सन् १९५४ देखि रंगीन दृश्यहरू टेलिभिजनमा प्रसारण भएको इतिहास छ । टेलिभिजन विकासको गति यति बढ्यो कि १९७० को दशकमा आइपुग्दा विश्वका ६० भन्दा बढी मुलुकमा प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने १९७० पछि मात्रै टेलिभिजनका उपकरण भित्रिए । तथापि विक्रम सम्बत २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन सुरूवात भएको पाइन्छ । सन् १९९६ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको महासभा बैठकले २१ नोभेम्बरको दिनलाई विश्व टेलिभिजन दिवस घोषणा गरेको थियो । विगतमा एन्टेना घुमाउँदै श्यामश्वेत टिभीमा सीमित च्यानलहरू हेर्ने नेपालीहरू यतिबेला केबल र सेटलाइट प्रविधिमा सयौं टेलिभिजन च्यानलहरू देख्न र सुन्न पाएका छन् । यो गौरवको कुरा हो । राष्ट्रिय र प्रदेशस्तरीय टेलिभिजन मात्रै नभएर यतिबेला न्यू मिडियाको रूपमा अनलाइन टेलिभिजन झनै सशक्त रूपमा विश्व टेलिभिजन बजारमा प्रतिस्पर्धामा उत्रेको छ । नेपालका हरेक कुनामा यतिबेला हात–हातमा टेलिभिजन हेर्न र सुन्न पाइन्छ । टेलिभिजनको विकासक्रमले पछिल्लो समय धेरै फड्को मारेको छ । टेलिभिजनमार्फत नेपाली समाजमा प्रवाह हुँदा त्यसको सामाजिक प्रभाव बेग्लै परिरहेको हुन्छ । त्यसैले टेलिभिजनले सूचना र समाचार मात्र दिँदैन, समाजका विविध विधा र आयाम समेटेको हुन्छ । टीभीमार्फत नयाँ कुरा, ज्ञान, सीप अनि अनुभवहरू लिन सकिएको छ, नदेखेको ठाउँ देख्न पाइएको छ । कतिपय महत्वपूर्ण कुरा प्रत्यक्ष हेर्न सकिएको छ । जसले गर्दा समाज रुपान्तरणमा ठूलो टेवा पु¥याएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update