Shittalpati
लोकतन्त्र धरापमा पर्ने त होइन ?

प्रकाश नेपाल
संविधान सभाको निर्वाचन पछि तत्कालिन माओवादी ठूलो पार्टी बन्यो, सरकारको नेतृत्व गर्ने अवसर पायो,त्यस पछि त्यही कालखण्डमा नेकपा एमालेले नेपाली कांग्रेसको बैशाखी टेकेर सरकार बनायो । त्यो पनि ज्यादा टिकेन । त्यसै गरी झलनाथ खनाल, नेकपा माओवादीको बाबुराम हुादै खिलराज रेग्मीसम्म पुगेर दोश्रो संविधान सभाको निर्वाचन भयो । ठूला–ठूला परिवर्तन कांग्रेसको नेतृत्वमा भएको हो । पहिलो संविधान सभाबाट संविधान नबन्ने भएपछि नेपाली काँग्रेसलाई सरकारको मात्र नभई नेपालको संविधान निर्माण गर्ने अधिकार पनि आम नेपाली जनताले नै जिम्मेवारी दिए । अन्ततः संविधान जारी भएपछि सरकारको नेतृत्व परिवर्तन पनि भयो । त्यसको सात महिनामा पुन माओवादी नेतृत्वमा सरकार बन्यो । समर्थन काँग्रेसको थियो । प्रदेश संघीय सभाको निर्वाचन शेर बहादुर देउवाको नेतृत्वमा भयो ।

जब देउवा प्रधानमन्त्री भए प्रहरी महानिरक्षक, प्रधानन्यायाधी शुसिला कार्की हुदैँ कहि माओवादी कहि कुनै निर्वाचनमा राप्रपासँग गठबन्धन गर्दा नेपाली कांग्रेसको शाख क्रमिक रुपमा खस्किने क्रम सुरुवात भयो । असक्षम नेतृत्व भएपछि तलका कार्यकर्ताले दुःख पाउने नै भए । महाधिवेशनको पूर्व सन्ध्यामा जुन हर्कत गरे त्यसले उत्पादक भन्दा प्रतिफल अनुउत्पादक परिणाम दिने छ त्यो सत्य हो । वर्तमान सरकार गठन भएपछि आम जनताले मेरो सरकार भन्ने अनुभव र अनुभूती गर्ने अवसर नै पाएका छैनन् । सबैले नाक खुम्च्याउने अवस्थामा पुगेको छ सरकार ।

वर्तमान सरकारका त्यस्ता विषयमा आम जनतालाई सु–सूचित गर्दै आम कार्यकर्तालाई संस्थागत रुपमा गोलवन्द गर्नुपर्नेमा त्यसो नगरी त्यसको विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको आडमा सरकार चलाउदा अन्तिममा चौतर्फी घेरावन्दीको सामना गर्नुपर्‍यो । त्यसैले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पनि त्यस्तै दिन नआउला भन्न सकिदैन । पार्टीको भातृ, सुभेच्क्षुक संस्थाहरुको महाधिवेशन नभएको पनि कति भयो । पार्टीको महाधिवेशनको प्रक्रिया अगाडि बढाउदै कार्यकर्ताहरुलाई संस्थागत बनाउनुको सट्टामा व्यक्तिगत बनाउदै पछिल्लो निर्णय भदौमा विहे गर्नु जस्तै भो ! सरकारका प्रवक्ता ७७ करोड काण्डमा प्रत्यक्ष रुपमा सलग्न भएको कुरा सञ्चार माध्यमले तथ्य सहित प्रकाशन प्रशारण गरे । त्यस प्रकरणमा एकदिन मात्र देउवाले सदनमा बोले ।

त्यसप्रति पार्टीको स्पष्ट धारणा के हो ? गोकुल वास्कोटा प्रकरणमा आठ ओटा विषय जोडिन्छ । बलियो प्रतिपक्ष संस्थागत भन्दा पनि व्यक्तिगत हिसावमा अल्झियो । इतिहास साक्षी छ जब जब काँग्रेस कमजोर हुन्छ तब तब जनताको बलिदानीबाट प्राप्त उपलब्धी नै गुमेका छन् । अब पनि त्यसो नहोला भन्न सकिदैन । फेरी नेतत्व कर्ता असक्षम भनिरहँदा अरु सबैलाई सक्षम भन्न पनि खोज्या होइन जति उनको दोष छ त्यति त्यति रामचन्द्र पौडेलको पनि समान छ । निर्वाचित सभापतिलाई (त्यो पनि बहुमत प्राप्त) सधैँव असयोग गर्ने ? प्रश्न यहाँ पनि छ । विगतमा भएका निर्वाचनहरुमा राम्रो भन्दा हाम्रो मानिसलाई टिकट दिँदा धेरै स्थानहरुमा पराजयको सामना गर्नुपर्‍यो ।

त्यो कार्यकर्ता तहका सबैले राम्रोसँग बुझेका छन् । जनताले मनै नपराएका व्यक्तिले टिकट पाए त्यसको परिणाम मतान्तर धेरै भयो । अर्को तर्क उनले (नेतृत्व तहले) केन्द्रिय सदस्य बनाएका व्यक्ति उनको वरपर छन् की ¤ कार्यककर्ताका वरपर छन् भन्ने हेक्का समेत भएन । जसले गर्दा पार्टीले धेरै स्थानमा पराजयको सामना गर्नुपर्‍यो । पार्टीको नेतृत्व बलियो एंव शसक्त, भएको भए आज सरकारमा सामेल व्यक्तिले करोड होइन ? अर्बमा पुगेर संस्थागत भ्रष्टाचारलाई खुलाम खुल्ला वार्गेनिङ्ग गर्ने थिएनन् । होला । यस प्रकरणले आम जनतामा लोकतान्त्रिक गणतन्त्र प्रति उत्साह भन्दा वितृष्णा पैदा हुँदा भोली यो व्यवस्था रहने कि नरहने भन्ने प्रश्न मतदाताले पार्टीका नेतृत्वहरुलाई गरे भने त्यसको जवाफ नै छैन । त्यसले गर्दा व्यवस्था पनि खतरामा पर्ने लक्षण देखा परेको छ ।

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुवेको छ । यस विषयमा सबै कार्यकर्ताले राम्रोसँग बुझेका छन् । सत्तारुढ दलका कमरेडहरुलाई समेत बहुमत प्राप्त हाम्रो पार्टीको सरकार भन्ने हिम्मत विस्तारै –विस्तारै चिसिदै गएको अवस्था छ । जनतामा आशा भन्दा पनि निराशाको कालो बादलले छोपिसकेको अवस्था छ, तर सदनमा प्रतिपक्ष नै छैन । अब जनताले काँग्रेसबाट के विषयमा किन विश्वास र भरोसा राख्ने प्रश्न यहाँ छ । नेकपाको सरकार अधिनायकतर्फ उन्मूख भयो भनेर मात्र त हुदैँन । अधिनायकवाद तर्फ उन्मूख सरकारलाई पार्टीले कत्तिको खवरदारी गर्‍यो भन्ने नै महत्वपूर्ण कुरा हो । सदनमा प्रतिपक्ष दलको नेता होस् या पार्टीको महामन्त्रीले सदनमा विशेष समय लिएर बोलेको अत्यन्त कम सुनिन्छ । जसले गर्दा भोलीका दिनमा व्यवस्था नै धरापमा नपर्ला भनेर भन्न सकिदैन ।

प्रधानमन्त्री समेत काँग्रेस सभापती जस्तो स्वाच्क्षाचारी भए अहिले घेराबन्दीमा पारे भनेका छन् । यहि अवस्थामा नेकपा भित्र कायमै रहे उनले पार्टीमा आत्मसमर्पण भन्दा संसद विघटनतर्फ केन्द्रित हुने छन् । त्यपछिको अवस्थामा कांग्रेसले हामी ठूलो बन्ने छौ भन्ने दिवा सपना देखेको छ । तर त्यसो भएको खण्डमा कांग्रेस तेश्रो वामपन्थी दोश्रो स्थानमा पनि पुग्न सक्दछ । जनतालाई रैतीका रुपमा नढाने हुन्छ । तसर्थ वामपन्थीको कारणले लोकतन्त्र धरापमा पर्ने होइन कांग्रेसका कारण लोकतन्त्र धरापमा पर्ने हो । प्रतिपक्षले यस्तो गर्‍यो भन्ने होइन ? कांग्रेस सत्तामा हुँदा के गर्‍यो भन्ने हो । पछिल्लो समयमा शेर बहादुर देउवा प्रधानमन्त्री भएका वखतमा लोकप्रिय काम भन्दा बढी अलोकप्रिय काम बढी भएका हुन् ।

त्यसलाई यो समयमा चिन्न नसक्दा काँग्रेस कतै भारतको काँग्रेसको जस्तै बन्ने त होइन ? पुराना पुराना कार्यकर्तालाई यहि समस्याले पिरोल्न लागेको छ । पार्टी महाधिवेशनको संघारमा छ क्रियाशिल सदस्यता वितरण नविकरणको कार्यक्रममा लागेको छ । आगामी महाधिवेशनमा विधान त पुग्न देउवा नेतृत्वमा एजेण्डाको दिगोपना होला की नहोला भन्ने मात्र होइन ? जनताको मौलिक अधिकार कतै कुण्ठित हुने त होइन भन्ने कुरा हो । त्यसले गर्दा कांग्रेस कार्यकर्ता पुनः गम्भीर हुन आवश्यक देख्छु । अस्तु !
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update