Shittalpati
गुल्मीमा बाघको आक्रमणबाट बाख्रा मरे

गुल्मी, जिल्लाको मालिका गाउँपालिकामा चराउन लगेका बाख्रा मध्ये ८ वटा बाख्रालाई बाघले आक्रमण गरेको छ । मालिका गाउँपालिका– ५ छापहिलेमा रहेको नरबहादुर महताराको छापहिले व्यवसायिक बाख्रा पालन फर्मबाट चराउन लगिएका ४९ वटा बाख्रा मध्ये ८ वटा बाख्राहरुलाई बाघले आक्रमण गरेर मारेको अवस्थामा बुधबार साँझ फेला पारिएको अर्खबाङ्ग प्रहरी चौकी मालिका गाउँपालिका अर्खबाङ्गका हवल्दार चुरन रानाले जानकारी दिए ।

फर्मबाट चराउन लगिएका मध्ये ८ वटा बाख्राहरु गएको सोमबार दिउँसो हराएका थिए । ३ दिनसम्म फर्म सञ्चालकसहित स्थानीयहरुले खोजीकार्य गरेपनि बुधबार दिउँसोसम्म नभेटिएपछि अर्खबाङ्ग प्रहरीलाई खबर गरिएको थियो । बाख्रा चराउन लगिएको स्थानदेखी करिब ५ किलोमिटर टाढा घैयाँछरे भन्ने स्थानमा रहेको खेतमा बाख्राका अवशेषहरु देखिएको भन्ने आधारमा फर्म सञ्चालक र प्रहरीसहितको समूहले बुधबार साँझ ८ वटा बाख्राका अवशेषहरु मात्र भेटाएको छ । केही बाख्राका टाउको, केही बाख्राका खुट्टा र केही बाख्राका अन्य भागहरु भेटिएको अर्खबाङ्ग प्रहरी चौकीले जनाएको छ । मरेका सबै बाख्राहरु ब्याउने थिए । स्थानीय जातका ब्याउने बाख्राहरु कम्तीमा प्रति बाख्रा १० हजारका दरले ८० हजार क्षति भएको प्राररम्भिक अनुमान गरिएको छ ।




प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update