Shittalpati
गुल्मीमा चराउन लगेका बाख्रा हराए !

रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको मालिका गाउँपालिकामा चराउन लगेका बाख्रा हराएका छन् । मालिका गाउँपालिका– ५ छापहिलेमा रहेको छापहिले व्यवसायिक बाख्रा पालन फर्मका ८ वटा बाख्रा सोमबार दिउँसो हराएको फर्मका सञ्चालक नर बहादुर महताराले बताए ।

छिमेकी धन बहादुर महतराले चराउन लगेको समयमा बाख्रा हराएका हुन् । सोमबार दिउँसो सोही ठाउँकै पन्लापाटा भन्ने स्थानमा चराउन लगेका ४९ वटा बाख्रा मध्ये ८ वटा बाख्रा हराएको फर्म सञ्चालक महताराले बताए । खोजी कार्य गर्दा बुधबार दिउँसोसम्म फेला नपरेकाले चोरी भएको हुन सक्ने बाख्राधनीको अनुमान रहेको छ ।

प्रति बाख्रा करिब ७ देखि ८ हजारसम्म मुल्य पर्ने ८ वटा बाख्रा हराउँदा ५६ देखि ६४ हजार बराबरको क्षति भएको फर्मले जनाएको छ । कुनै वन्यजन्तुको आक्रमणबाट उक्त बाख्रा मरेका हुन सक्ने अनुमानमा चरन क्षेत्रमा खोजी कार्य गर्दा त्यस्तो नपाइएको फर्म सञ्चालकले बताएका छन् । चरन क्षेत्रमा बाख्राहरुको रगत, रौं, खुट्टा र कुनै अवशेष फेला नपरेकाले मान्छेले चोरेकै हुन सक्ने स्थानीयको अनुमान छ ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update