Shittalpati
साथीसँगै बंगुर फार्ममा गएका माथागढीका एक युवकको मृत्यु

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका ४ झडेवाका एक युवकको मृत्यु भएको छ । साथीसँगै बंगुर फार्ममा गएका झडेवाका २१ वर्षीय जयबहादुर रानाको मृत्यु भएको हो ।

उनको स्थानीय यमकला काम्मुको काम्मु बंगुर फार्ममा सराईका २९ वर्षीय साथी महेन्द्र चिदीसँगै सुत्न गएका थिए । सँगै सुत्न भनि फार्ममा गएका रानालाई मंगलबार विहान उनको साथी महेन्द्रले अचेत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अचेत अवस्थामा रहेका रानालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएकोमा डाक्टले मृत घोषणा गरेको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update