Shittalpati
सामुदायिक विपद् प्रतिकार्य तालिम

गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु गरिएको छ। जिल्लाको रेसुङ्गा नगरपालिकाको आयोजना र संग्राम शार्दुल गुल्म धागिथुमको सह–आयोजनामा समुदायस्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने तालिमको शुभारम्भ गरिएको हो ।

रेसुङ्गा नगरपालिकाका नगरप्रहरी र स्थानीयलाई संभावित विपद् जोखिमका बारेमा सचेतना अभिवृद्धि गर्न तालिम सुरु गरिएको नगरपालिकाले जनाएको छ । तालिको नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका बिच शुभारम्भ गरेका हुन् । तालिको शुभारम्भ गर्दै नगरप्रमुख भूसालले विपद् जतिबेला पनि हुने भएकाले क्षति कमगर्न तालिमको आयोजना गरिएको बताए । उनले तालिम लिने र त्यसलाइ व्यवहारमा उतार्न सके विपद् न्यूनिकरण गर्न सकिने बताए । तालिममा सहआयोजक संग्राम शार्दुल गुल्म धागिथुमबाट खटिएका तालिम प्राप्त नेपाली सेना प्रशिक्षकहरुले सेनाबाट सामुदायिक विपद् प्रतिकार्य तालिम प्रदान गर्ने छन् । तालिममा विपद्, उद्धार कार्यमा नेपाली सेनाको भूमिका, क्षमता विपद्मा प्राथाकि उपचार बाढी पहिरो, आगो डढेलो नियन्त्रण भूकम्प लगायतका बारेमा जानकारी गराइएको थियो । संग्राम शार्दुल गुल्मका गुल्मपती राजन भुजुले विपद् बारे पूर्व तयारी र घटना घटिसकेपछि गरिने उद्धारको बारेमा जानकारी गराएका थिए । नगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक भरत भलामीले विपद्ले धेरै पाठ सिकाएको र बिकासले विनास निम्त्याएको बताए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विपद् परिसकेपछि तालिमको ठूलो महत्व हुने बताए । तालिममा वर्षा याममा हुन सक्ने बाढी पहिरो जस्ता विनाशकारी विपद्का समयमा तत्काल परिचालन भई मानवीय तथा भौतिक क्षति न्यूनिकरण गर्ने उद्देश्य रहेको छ ।    –अनिल खत्री

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update