Shittalpati
प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ । सबै सूचक सामान्य छन् । उनलाई तरल र नरम आहार दिन शुरु गरिएको छ । हाल ओलीलाई शल्यक्र्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई अंगदान गर्ने समीक्षा संगौलाको स्वास्थ्य स्थिति सुधारोन्मुख भएको र उनलाई पनि तरल र नरम आहार दिन थालिएको प्रा डा. खड्गाले जानकारी दिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न देशका प्रधानमन्त्री तथा देशका प्रतिनिधिबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको शुभकामना आउने क्रम जारी रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update