Shittalpati
कोरोना भाइरस संक्रमण र तथ्य, सत्य

सुदिप चन्द्र पौडेल
चीनको बुहान शहरमा केन्द्रविन्दु रहेको कोरोना भाइरसको कम्पन र परकम्पनले अहिले विश्वको सुदुरपश्चिमका देशमा समेत हलचल मच्चाइसकेको छ । सन् २०१९ डिसेम्बरको अन्त्यतिर देखिएको भाइरसबारे देशका विभिन्न पत्रपत्रिका, टेलिभिजन, अनलाइनहरुमा पर्याप्त सूचना र विश्लेषण भइसकेको सन्दर्भमा यो आलेखले केही भ्रमहरु चिर्ने र केही अनुसन्धानात्मक तथ्यहरु केलाउने प्रयास गरिएको छ ।
के हो त कोरोना भाइरस ? कोरोना भाइरस नौलो विषाणु होइन, यसका पूर्खाहरु सन् १९६० भन्दा पहिलेका मानिन्छन् । ताज (क्राउन) आकारको आधा जीव, आधा निर्जिवको अजिव जीव भएकाले यसको नाम कोरोना रहन गएको हो ।

सन् २००२ मा पनि चीनकै ग्याङ्दोङ्ग प्रान्तमा सेयर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)को महामारी सन् २००३ मा हङकङमा प्रकोप फैलिएको थियो । फलस्वरुप सन् २००२–२००३ मा २९ देशका ७ सय ७४ जनाको ज्यान गएको थियो । भने संक्रमितको सङ्ख्या ८० हजार ९ सय ६० थियो । सन् २०१२ को जनवरीमा साउदी अमेरिकामा मिडल इस्ट रेस्पिरटेरी सिन्ड्रोम MERS फैलिएको थियो । झण्डै २५ सय जनामा यसको सक्रंमण देखिएको थियो । भने ८ सय ५८ जनाले ज्यान गुमाएका थिए । अहिले कोरोना भाइरस चीनको बुहान शहर दुवै विश्वभरी फैलिरहेको छ । अहिलेसम्म चीनमा १ हजार १ सय फिलिफिन्समा १ जना र हङकङमा १ जनाको ज्यान गईसकेको छ । यी सबै कोरोना भाइरसका सन्तानहरु हुन् । (२०१९ (NOV, MERS- COV / SARS) यी भाइरसहरु जनावरबाट जनावरमा सर्ने भएपनि कालखण्डमा यिनीहरुको रुप परिवर्तन भएर जनावरबाट मानवमा सरेका हुन् । यो भाइरस (२०१९–NOV) सामून्द्रिक खाना अर्थात ‘सी फूड’ बाट सरेको अनुमान गरिएको छ, भने अनुवांशिक प्रोफाइल गरेर हेर्दा सर्पबाट सरेको भन्ने अनुमान गरिएको छ । चमेराको सुप खाएकाहरुमा पहिलोपल्ट देखिएको भन्ने हल्ला पनि व्यापक छ ।
भाइरस किन खतरानक छ ?
कुनै भाइरस शरीरमा प्रवेश गर्दैमा त्यो व्यक्ति संक्रमित हुँदैन । निश्चित संख्यामा भाइरसको फौज भएमात्र मान्छेलाई भाइरसले गाँज्ने गर्दछ । फरक–फरक भाइरसको फरक–फरक संख्या संक्रमणको लागि आवश्यक हुने हुन्छ । एड्स जस्तो ज्यानमारा रोग लाग्न एक लाखदेखि १० लाखसम्म ‘पीएफयु’चाहिन्छ भने इबोला, लास्सा जस्ता अत्यन्त घातक ज्यानमारा भाइरस केबल एक ‘पीएफयु’ भए पुग्छ । ड्रेक्जल विश्वविद्यालयले अनुसन्धान गर्ने क्रममा अनुसन्धान अनुसार sarc-cov ४३ पीएफयुल १०५ र २८० पीएफयुले ५०५ स्वस्थ मानिसमा संक्रमण हुने देखिन्छ । हङकङमा भएको प्रकोपमा औसतमा ११० पीएफयु भन्नाले ग्लेग फमिङ युनिट अर्थात् भाइरसको संख्या गणना गर्ने इकाइको रुपमा बुझ्नुपर्छ । थोरै संख्याले पनि काम तमाम गर्ने भएकाले यो अत्यन्तै सरुवा र जोखिमपूर्ण मानिएको हो । स्मरण रहोस् एक थोपा तालमा हजारौदेखि लाखौसम्म भाइरस हुन सक्छ । यो यति छिटो र सजिलै सित सर्न सक्छ भन्ने कुरा यसको सर्ने दरबाट थाहा हुन्छ । एक संक्रमित विरामीले १.४ देखि ३.८ व्यक्तिले सार्न सक्छ । भने चीनमा अहिलेका संक्रमण दर एक व्यक्तिबाट ५.५० व्यक्तिमा सरेको तथ्याड्ढले देखाएको छ ।
संक्रमण र रोेगका लक्षणहरु :
अन्य मौसमी भाइरल ज्वरो जस्तै कोरोनाको पनि सुरुको लक्षण देखापर्ने हुन्छ । जिउ दुख्ने, ज्वरो आउने, रुघाखोकी र घाँटीमा समस्या हुँदै श्वासप्रश्वासमा समस्या आउने हुन्छ । भाइरस शरीरमा प्रवेश गरेको ३ देखि १४ दिनसम्ममा रोगका लक्षण देखा पर्दछन् । औसतमा ६ दिनमा रोग देखिन थाल्दछ । सामान्यतया स्वस्थ र वयस्क व्यक्तिलाई रोगले गाँजे सामान्यतया स्वस्थ र वयस्क व्यक्तिलाई रोगले गाँजे पनि उपचारपछि ठीक हुने हुन्छ । बालबालिका, वृद्धवृद्धा र अन्य रोगसँग लड्ने शरीरको क्षमता कमजोर भएकाहरुले भने ज्यान जाने सम्भावना रहन्छ । चीनमा अहिलेसम्म ज्यान गुमाएकाहरु मध्ये धेरैजसो ५० वर्ष कटेकाहरु हुन् । स्मरण रहोस् ज्वरो आउनु भनेको शरीरमा बाÞय तत्वले आक्रमण गरेको जनाउ घण्टी हो ।
कोरोनाबाट बच्ने उपाय :
मुलतः रोग भित्रिन नदिन नै कुनै पनि रोगबाट बच्ने उत्तम उपाय हो । हवाई नाका अरु हवाई जहाज चढ्ने दिन अघि नै थर्मल स्क्यान गरेर संभावित व्यक्तिको पहिचान गरेर छुट्याउनु पर्दछ । देशमै छिट्फुट घटना देखिए विरामीलाई एक्ल्लाएर आवश्यक उपचार गर्ने त छदैँछ ।
जोखिम कम गर्न निम्न सर्तकता अपनाउनुपर्छ :
–साबुनपानी वा स्यानिटेजर प्रयोग गरी हात धुने ।
–मेडिकल मास्कको प्रयोग,
–भिडभाडबाट बच्ने,
–शड्ढास्पद विरामीबाट टाढै बस्ने,
–शड्ढास्पद लक्षण देखापरे अविलम्ब अस्पताल लैजाने ।
सर्ने माध्यम र तरिका :
मुलतः नाक, आँखा र मुख शरीरमा प्रवेश गर्ने द्वारहरु हुन् । संक्रमित व्यक्तिको हाँच्छ्यु र खोकाइबाट निस्कने तरल पदार्थको कण (एरोसोल) मा लाखँौ भाइरस जाँच्दै बाहिर निस्कन्छन् । ती हलुका हुने भएकाले केही समयसम्म हावामा तैरिन्छन् र स्वस्थ व्यक्तिले श्वास तान्दा भाइरसलाई निम्ता दिने सम्भावना रहन्छ । त्यसैले तीनदिनदेखि छ फिट टाढै रहनुपर्छ । केही समय पछि ती सतहमा थिग्रिन्छन् । स्वस्थ मानिसले भाइरस भएको सतहमा थिग्रिन्छन् । स्वस्थ मानिसले भाइरस भएको सतहमा हातले छुदा औलामा टाँसिएर आउने सम्भावना हुन्छ । जानीजानी नाक छुने वा कोट्याउने गर्दा भाइरस नाक हुँदै छिर्छन् । एक अध्ययन अनुसार स्वस्थ मानिसले दिनमा औसतमा १८ पल्ट नाक छुने वा कोट्याउने गर्दछन् ।
आशाका किरण :
प्राध्यापक डाक्टर चार्लस एक हासका अनुसार शरीरबाट निस्केको २४ घण्टामा १० करोड संख्यामा रहेको भाइरस घटेर सयमा सीमित हुने हुन्छ । मतलव यी बाँकी भाइरस वातावरणमा स्वत ः मरेर नष्ट भएर जान्छन् । तसर्थ बिरामीले प्रयोग गरेको लुगा, विछ्यौना वा अन्य सरसामानमा २४ घण्टापछि न्यून संख्यामा मात्र बाँकी रहने हुन्छ । यसको अर्थ संक्रमणको सम्भावना चाँही कम हुन्छ, तर शून्य चाँही हुँदैन । रोग लाग्दैमा ज्यान जाने होइन । हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले रोगसँग प्रतिरक्षा गर्ने प्रयास गर्छ नै । संक्रमित भए पर्याप्त आराम गर्ने, पर्याप्त तरल पदार्थ खाने, घाँटी दुखाई कम हुने र श्वासप्रश्वास सहज गर्ने औषधी खाने र कोठामा आद्रता पर्याप्त कायम राख्दा फाइदा हुन्छ । १९ वर्षभन्दा मुनिका लागि भने जिउ दुखेको सन्दर्भमा सिटामोल मात्र दिने गर्नपर्दछ । महत्वपूर्ण कुरा चाँहि आत्मबल उच्च राख्न मद्दत गर्नु गराउनुपर्छ ।
सरकार र सम्बन्धित निकायले गर्नुपर्ने काम :
सबैभन्दा पहिलो कुरा त चीनसँगको नाकामा उच्च निगरानी र सर्तकता अपनाउनुपर्दछ । विशेष गरी हवाई नाकामा संक्रमित क्षेत्रबाट आएका यात्रुको स्वाथ्य परीक्षण गर्ने सम्भावित विरामीलाई अत्यन्त सुरक्षित आइसोलेशन वार्डमा राखेर उपचार र निगरानी गर्नपर्दछ । जनचेतनाका लागि व्यापक प्रचार–प्रसार गरी सत्य, तथ्य नागरिकलाई जानकारी गराई सु–सुचित गराउनु पर्दछ ।
केही भ्रम र यर्थाथहरु :
१.लसुन खाएमा कोरोनाको संक्रमण सर्दैन भन्ने कुरा केवल हल्ला र भ्रम मात्र हो । लसुन स्वास्थ्यका लागि अत्यन्त आवश्यक र फाइदाजनक हो नै तर यसले कोरोनाको संक्रमणबाट जोगाउने होइन । लसुनले कोरोनाको संक्रमण हुन नदिने भए अहिले लसुनको भाउ सुनभन्दा मँहगो हुन्थ्यो ।
२. अहिलेसम्म यसैका लागि मात्र भनेर कुनै पनि औषधी र भ्याक्सिन उपलब्ध छैन ।
३. अहिलेसम्म आउन सक्दैन, आए पनि गइसक्यो भन्नु गैरजिम्मेवार भनाई हो ।
४. मानव निर्मित भाइरस भन्ने कुरा हल्ला बढी र यथार्थ कम हो । भाइरस सुक्ष्मदर्शक यन्त्रले जाँच गराई अध्ययन, अनुसन्धान गरेर पत्ता लगाइन्छ । तर भाइरसले प्राकृतिक रुपमा रुप परिवर्तन गरिरहन छ । तसर्थ यो विषयमा यकिन गर्न व्यापक अध्ययन गर्न जरुरी छ । अन्तमा सम्बन्धित निकायले उच्च प्राथमिकता र गम्भीर रुपमा योे भाइरसको संक्रमित हुन नदिने र भईहाले आवश्यक कदमको पूर्ण तयारी गरिहाल्नु पर्ने देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update