Shittalpati
भोलिको लुम्बिनी प्रदेश सभा बैठक स्थगित

बुटवल, लुम्बिनी प्रदेश सभाको बैंठक स्थगित भएको छ । भदौ १८ गते नेपाली काँग्रेसको अधिवेशन रहेको र प्रमुख प्रतिपक्ष दल एमालेसँग बैठक चलाउने विषय सहमति नजुटेका कारण भदौ १७ गतेको लागि बोलाएको बैंठक सूचना टाँस गरि स्थगित भएको हो ।

पटकपटक स्थगित हुदै आएको बैठक पुनः भदौ ३० गतेसम्मका लागि स्थगित भएको प्रदेश सभा सहप्रवक्ता तथा सूचना अधिकारी विमला पौडेलले बताइन् । यसअघि प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको थियो । विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्ध गर्ने अडान कायम राखेको एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले बताए । नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालीन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको त्यो उक्त अडान अझै कायम रहेको चौधरीको भनाइ छ ।

प्रदेश सभा सचिवालयले भने सचिवालयको रेकर्डमा वली नेकपामाओवादी केन्द्र र शाही स्वतन्त्र राजनीतिक समुह उल्लेख भएकोले एमालेको पत्रको आधारमा उनिहरूलाई पदमुक्त गर्न नमिल्ने जनाएको छ । अदालतले नेकपा खारेज गरेपछि प्रदेश सभा सदस्य वलीले नेकपा माओवादी केन्द्र रोजेकी छन् भने अजय शाहीले आफु स्वतन्त्र राजनीतिक समूहबाट चुनाव लडेकोले एमालेको ह्विप नलाग्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update