Shittalpati
प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि अस्पताल

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् । ओली सोमबार बेलुका सबा छ बजे अस्पताल पुगेका हुन् । अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा उनको बुधबार मिर्गौला प्रत्यारोपण हुने छ । प्रा.डा दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुने छ । मिर्गौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । प्रत्यारोपण पूर्व उनको सोमबार रगत, दिसापिसाबलगायत जाँच भएको छ । उनको मुटुको एन्जियोग्राफी जाँच गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टर, मुटु रोग विभागका प्रमुख प्रा डा. अरुण सायमीले बताए । अस्पताल जानुअघि प्रधानमन्त्रीले सन्देशमार्फत् सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीलाई दोस्रो पटक मिर्गौला दिन आफन्त नाताकी एक महिला तयार भएकी छन् । यसअघि भने बुहारी नाताकी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन् ।

 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update