Shittalpati
आज आदिवासी दिवस मनाइँदै

पाल्पा, आज(सोमबार) २७ औं विश्व आदिवासी दिवस नेपालमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ ।
विश्व आदिवासी दिवस प्रत्येक वर्षको अगस्त ९ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।

विश्व आदिवासी दिवसकै अवसरमा देशका विभिन्न ठाउँमा आदिवासी समुदायले विगतमा ¥याली निकाल्ने गर्थे ,तर गत वर्षदेखि भने कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित नभई भर्चुअल प्रविधिमार्फत दिवस मनाइदै आएका छन् । आज पनि यो दिवस नेपालमा भौतिक उपस्थिती बिना नै मनाइँदै छ । कोरोना विश्वव्याधिका कारण अघिल्ला वर्षमा जसरी यस वर्ष यो दिवस मनाउन सकिने परिस्थिति नभएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ । अझैपनि नेपालमा आदिवासी जनजातीका मुद्दा सम्बोधन हुन नसकेको आदिवासी समुदायको गुनासो छ ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update