Shittalpati
‘शीत’ को चर्चासँगै वाचन

पाल्पा, नयाँ विधाको रुपमा विस्तार हुँदै आएको ‘शीत’ को चर्चासँगै वाचन गरिएको छ । शीत काव्य समाज नेपाल बागमती प्रदेशको आयोजनामा भर्चुअल प्रविधिको माध्यमार्फत शीतको चर्चासँगै वाचन गरिएको हो ।

कार्यक्रममा विभिन्न साहित्यकारहरुले शीत वाचन, परिचय र एक आपसमा अन्तक्र्रिया गरेका थिए । कार्यक्रम प्रमुख अतिथि डा. शैलेन्दु प्रकाश नेपालले कविताका विविध अभियान मध्ये शीत एक नौलो विधा रहेको बताए । उनले शीत नयाँ विधा भएकाले पनि नव सर्जकहरूका साथै बाल साहित्यकारहरू यस तर्फ बढी आकर्षित हुने धारणा व्यक्त गरे । बालबालिकाहरूले समेत सजिलै शीत लेख्न सक्ने उनको भनाई छ । शीतले चाँडै व्यापकता लिने नेपालले विश्वास व्यक्त गरे ।

बिशिष्ट अतिथि दुर्गा अधिकारी भमरकोटेले शीत, सुसेली लगायतका लघु काव्यहरूले धेरैलाई कविता लेख्न सिकाएको बताए । उनले भने‘लघु उपविधाहरू आज भन्दा बीस बर्ष पहिले नै आएको भए नेपाली साहित्यको भण्डार अझ भरिभराउ हुन्थ्यो ।’ अर्का बिशिष्ण्ट अतिथि खगेन्द्र बस्यालले शीतले थोरै शव्दमा धेरै अर्थ दिन सक्ने बताए ।

कार्यक्रममा शैलेन्दु प्रकाश नेपाल, पुष्कर अथक रेग्मी, कृष्ण के.सी ,दुर्गा अधिकारी भमरकोटे, खगेन्द्र बस्याल, सीता बिष्ट कार्की (सीबिका), दामोदर ढकाल दीपक, बिष्णु भण्डारी, सबिता केसी, शान्ता शाक्य, सुचिता काफ्ले, टंक ध्वज थापा, अम्बिका आचार्य,कल्पना नेपाल, रीता खराल, गंगा अभिलाषी,सुरेशचन्द घिमिरे, तोयनाथ सुवेदी, द्वारिका कुँइकेल, चन्दावती अधिकारी ,दीपकराज जोशी आदिले शीत वाचन/ गायन गरेका थिए ।

देवेन्द्रराज शाक्य, धर्मी शाक्य, नारायण कोइराला, बिनोद भारती, बिष्णु ठकुरी, लक्ष्मी प्रसाद मिश्र, सुशीला पौड्याल,अंजिता राउत, पदमा देवी, कुञ्जदेवी,हिरा मैयाँ शर्मा, पशुपति प्रधान आदिको सहभागीता रहेको रहेको कार्यक्रममा शीत काव्यका परिकल्पनाकार पुष्कर अथक रेग्मीले साहित्यकार डा. शैलेन्दु प्रकाश नेपाल र देवेन्द्रराज शाक्यलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको घोषणा गरेका थिए ।

सहभागीहरूले अनुप्रास मिलेका ,अनुप्राश नमिलेका,छन्दमा, आख्यान आदिमा शीत वाचन तथा गायन गरेका थिए । साहित्यकार शीतका एकल र संकलन गरि ४ वटा कृतिहरू प्रकाशनको तयारीमा जुटिरहेका छन् । कार्यक्रम बागमती प्रदेका अध्यक्ष कुष्ण केसीको अध्यक्षता ,प्रदेश न. १ कि अध्यक्ष बिष्णु भण्डारी आचार्यको स्वागत र केन्द्रीय सचिव दामोदर ढकाल दीपकको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update