निस्दीका वडा अध्यक्ष सुनारीको निधन

पाल्पा,जिल्लाको निस्दी गाउँपालिका –४, मित्यालका वडा अध्यक्ष न्यो बहादुर सुनारीको निधन भएको छ । सुनारीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा सोमबार राती ५२ वर्षको उमेरमा निधन भएको हो ।
केही समय यता उपचार गराउँदै आएका सुनारीलाई सोमबार स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल लगिएको थियो । अस्पताल भर्ना गरिएको उनको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । सुनारी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् । उनी निर्वाचित हुनु अघि लामो समय शिक्षण पेशामा आवद्ध थिए ।
सुनारीको आजै कालीगण्डकी नदी किनार रामपुर ६ को परेवाघाटमा अन्त्थेष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको श्रीमती सहित १ छोरा, २ छोरी रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्