Shittalpati
नेपाल र आसामका श्रष्टा बिच भानु काव्य वाचन

पाल्पा, नेपाल र आसामका श्रष्टाहरु बिच भानु काव्य वाचन भएको छ । भानुजयन्तीको पूर्वसन्ध्यामा नेपाल बाल साहित्य विकास मञ्च नेपाल र शीत काव्य समाज नेपालको संयुक्त आयोजनामा नेपाल र आसामका स्रष्टा बिच भर्चुअलमार्फत कविता वाचन कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि दार्जिलिङका बरिष्ठ साहित्यकार डा. गीता क्षेत्रीले भानुभक्त , नेपाली भाषा र दार्जिलिङको सम्बन्ध माथि प्रकाश पार्दै भानुभक्त नेपाली भाषाको एकताको प्रतिक रहेको बताइन् । विशिष्ट अतिथि पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले भानुभक्त,पाल्पा र भानुका विविध आयाम माथि प्रकाश पारे ।

शीत काव्य समाज नेपालका अध्यक्ष तथा कार्यक्रमका समन्वयकर्ता पुष्कर अथक रेग्मीले दुई देश बिचका श्रष्टाहरू बिच मित्रता र भानुको महिमा व्यापिकरण गरांै भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले शीत उपविधालाई व्यापिकरण गर्न समेत सम्पूर्ण श्रष्टाहरुलाई आग्रह गरे । कार्यक्रममा आसामबाट साहित्यकारहरू इन्दिरा गौतम, प्रकाश कुईकेल, मिलन बोहरा, सिर्जना अधिकारी , ज्योति हुमागाइ ,बिनिता उपाध्यक्ष र दुलुमनि उपाध्यक्षले कविता वाचन गरेका थिए भने नेपालको तर्फबाट बिशिष्ट अतिथि डा. यादेवी आचार्य,लक्ष्मी प्रसाद मिश्र, गंगा लिगल, द्वारिका कुइकेल, अम्बिका आचार्य ,कृष्ण के सी, भोजराज भट्टराई ,इन्दिरा ज्ञवाली आदिको सहभागीता रहेको थियो । कार्यक्रम बाल साहित्य विकास मञ्च नेपालकी अध्यक्ष तथा शीत साहित्य समाज नेपालकी उपाध्यक्ष सीता बिष्ट कार्की सीविकाको अध्यक्षता र सचिव दामोदर ढकाल दिपकको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update