Shittalpati
काँग्रेस महाधिवेशन अवसर र चुनौती

प्रजातान्त्रिक मूल्य र मान्यतालाई जीवन्त बनाउँदै आएको नेपाली काँग्रेसको १४ औं महाधिवेशनले अहिले मुलुक तंरगित भएको छ । क्रियाशील सदस्यताको कार्य सम्पन्न भए पछि साउनको दोस्रो साता देखि महाधिवेशनका सबै अवयवहरु शुभारम्भ हँुदै गर्दा स्थानीयतहदेखि प्रदेश, जिल्ला र केन्द्रसम्मका सबै निर्वाचनलाई कसरी आफ्नो अनुकुल बनाउँने भन्ने गृहकार्य शुरु भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको महाधिवेशनसँगै सत्तारुढ कम्युनिष्टपार्टी एमाले भित्र पनि केन्द्रीय अधिवेशनको गृहकार्य शुरु भएता पनि पार्टी भित्रको किचलोका कारण उनीहरुलाई चुनावी सरगर्मी काँग्रेसमा जस्तो नभएको हो कि भन्ने भान पनि भएको मान्न सकिन्छ । एमाले केन्द्रीय अधिवेशन आयोजक समितिको औचित्य पनि पुष्टि नभएर विवादित भएका कारण ओझेलमा परेको हो कि भन्नेहरु पनि कम छैनन् । जे होस नेपाली काँग्रेसले भने यो पटक निर्धारित कार्यतालिका आसअपासमै १४ औं महाधिवेशन गर्नैपर्ने अठोटलाई पुरा गर्नेपर्ने कानूनी प्रावधान पनि बाध्यकारी अवस्था बन्ने निश्चित प्रायः छ । २०४६ साल पछि प्राप्त प्रजातन्त्र पछिको यो पटकको महाधिवेशन संघीय लोकतान्त्रिक प्रणालीको नयाँ विधानलाई आधार बनाएर गर्न लागिएको हँुदा, विगतको भन्दा अलिक प्रगतिशील शैलीबाट सम्पन्न हुने कुरामा सबैको ध्यान गएको छ । प्रचण्ड बहुमत प्राप्त बामपन्थी सरकारले नेपाली जनताले गरेको आशा र भरोशालाई व्यवहारिक बनाउँन नसकेको, सरकार आफै विवादित र जनपक्षीय हुन नसकेको कारण अनियमितताको शिकार हुँदै गएका बेला प्रजातान्त्रिक पुरानो पार्टी नेपाली काँग्रेसको १४ औं महाधिवेशनले दिने नयाँ नेतृत्व भावी पुस्ताको लागि नयाँ नेपाल र लोकतन्त्रिक संविधानको सही कार्यान्वयन गर्दै देशलाई सहीदीशा निर्देश गर्न सक्ने खालको हुनुपर्छ भन्ने मूल्य र मान्यताले प्राथिमिकता पाउँछ कि पाउँदैन भन्ने चिन्ता र चासो बढेको छ । यो पटक देश भरिबाट आउँने क्षेत्रीय प्रतिनिधीसँगै महाधिवेशन, महासमिति सदस्यहरु नयाँ अनुहार आउँने प्रक्षेपणलाई सार्थक बनाउँने काममा नयाँ पुस्ता लागेको अनुभूति हँुदै गर्दा, पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको जोसलाई होस् पु¥याएर अगाडि बढ्ने हो भने भविष्यको नेपाल र नेपालीका लागि यो महाधिवेशन महत्वपूर्ण पाटो हुने छ । गुट उपगुट भन्दा पनि असल व्यक्ति र विचार अनि व्यवहारमा पनि स्वच्छ नेता आउँने वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयलाई टोल, गाउँ, प्रदेश र क्षेत्र हँुदै जिल्ला अनि केन्द्रसम्मका जानकारहरुले बुझ्नै पर्ने बेलाका लागि यो महाअिधवेशन महत्वपूर्ण अवसर हो । यो अवसरलाई प्रजातान्त्रिक मूल्य र मान्यताका आधारभूत सिद्धान्तको परिधीमा रहेर नेतृत्व चयन र हस्तान्तरण गर्नुपर्ने अवसरका रुपमा स्वीकार नगरे इतिहासले साथ छोड्ने छ ।

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update