Shittalpati
दोस्रो चरणको दादुरा–रुवेला खोप अभियान सूरु

पाल्पा, जिल्लामा दोस्रो चरण अन्तर्गतको दादुरा–रुवेला खोप अभियान बिहीबारदेखि सुरु भएको छ । नेपाल सरकारले सञ्चालन गरेको दादुरा–रुवेला खोप अभियान अन्तर्गत पहिलो चरणको खोप अभियान सकिएसँगै जिल्लामा दोस्रो अभियान सञ्चालन भएको हो । जिल्लाको पश्चिम क्षेत्रमा रहेका तानसेन, बगनासकाली, रिब्दीकोट, तिनाउ र रैनादेवी छहरा गाउँपालिकामा दोस्रो चरणका अभियान फागुन १५ गते देखी २० गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका खोप अधिकृत ओमप्रकास पन्थीले जानकारी दिए ।

अभियानका लागि जिल्लामा ३ सय ५० वटा खोप केन्द्र तोकिएको छ । स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंमसेवीका गरी ७ सय जनशक्ति परिचालन गरिएको अधिकृत पन्थीले बताए । यो अभियानमा करिव १३ हजार बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको छ । ९ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने छ । तोकिएका खोप समयमा लगाएर बालबालिकालाई निरोगी बनाउने अभियानमा लाग्न कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले आग्रह गरे ।

उनले बाबु आमाको सामान्य बेवस्ताले बालबालिका जीवनभर रोगी बन्न सन्ने बताउँदै ‘दादुरा–रूबेला खोप युक्त घोषणा गर्नको लागि सिफारिस भन्दा पनि बालबालिकालाई खोप लगाउनुबाट बञ्चित हुने अवस्था आउन नदिनतर्फ सचेत हुनुपर्ने बताए । पहिलो चरण अन्तर्गत जिल्लाको पूर्व क्षेत्रमा रहेका रामपुर, निस्दी, पूर्वखोला, रम्भा र माथागढीमा फागुन १ गतेदेखि दादुरा–रूबेला खोप अभियान सञ्चालन भैसकेको छ । अभियानमा करिव ९९ प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update