Shittalpati
मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा

पाल्पा,मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा भएको छ । शीत काव्य समाज नेपालले भर्चुअल प्रविधिमार्फत आयोजना गरेको शीत काव्य गोष्ठीमा सहभागी साहित्यकारहरुले मोति मण्डलीदेखि शीत काव्यसम्मको चर्चा गरेका थिए ।

उनीहरुले मोतीराम भट्टले स्थापना गरेकोे मोति मण्डली र पुष्कर रेग्मीले परिकल्पना गरेको शीत काव्य समाजसम्म आइपुग्दा नेपाली साहित्यको विकासमा उल्लेखनीय योगदान पुगेको बताएका छन् । गोष्ठीमा प्रमुख अतिथि बाल साहित्य समाजकी सचिव डा. यादेवी ढकालले नेपाली साहित्यको क्षेत्रमा मोति मण्डली र भर्खर उदाउदै गरेको शीत काव्यले महत्वपूर्ण योगदान पुर्‍याउने बाएकी छन् ।

गोष्ठीमा राष्ट्रिय सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी , गाेंगवु साहित्य समाजकी अध्यक्ष द्वारिका कुइकेल, लोक सुसेली साहित्यकार लक्ष्मीप्रसाद मिश्र, अविस्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्य , नारी स्रष्टा दिला शाह लगायतले शीतको उपयोगितासँगै व्यापिकरण हुँदै जाने र लघुतम विधाले नेपाली साहित्यमा नयाँ योगदान पुर्‍याउने बताएका थिए । गोष्ठीमा सहभागीहरूले शीत वाचन र विभिन्न लयमा शीत गायन समेत गरेका थिए । शीत काव्य गोष्ठीमा पदमावती देवी, कृष्ण केसी, इन्दिरा ज्ञवाली,सुरेशचन्द्र घिमिरे,आयाम कार्की, बिनोद भारती,भावना खनाल,अम्बिका आचार्य, धर्मी शाक्य ,बिष्णु भण्डारी लगायतको सहभागिता रहेको थियो ।

समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, समाजकी उपाध्यक्ष सीता बिष्ट कार्कीको स्वागत,समाजका सचिव दामोदर ढकाल ‘दीपक’ को सञ्चालनमा भर्चुअल गोष्ठी भएको थियो । यो समाजको पहिलो कार्यक्रम समेत भएकाले परिचय गरिनुका साथै शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीद्वारा शीत कसरी लेख्ने बिषयमा संक्षेपमा प्रशिक्षण समेत दिइएको थियो । शीत २० भन्दा बढी नियमद्वारा लेख्न र दुई/दुई अक्षरमा चार हरफ गरी जम्मा आठ अक्षर बराबर एक शीत मानेर लेख्न सकिने यसका परिकल्पनाकार तथा प्रशिक्षक रेग्मीले बताए

 

 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update