Shittalpati
पाल्पामा निषेधाज्ञा पुनः असार २२ सम्म लम्बियो

पाल्पा, पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण घट्दै गए पनि तेस्रो भेरियन्टको हल्लालाई ध्यानमा राखी निषेधाज्ञा पुनः असार २२ गतेसम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबार बसेको बैंठकले १० दिन निषेधाज्ञा थप गरिएको जनाएको छ । यहाँ गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाँचौ पटक थप गरिएको हो । जारी निषेधाज्ञा भोली राती १२ बजेदेखि सकिदै छ । निषेधाज्ञाको समयलाई थप गरेर असार २२ गते राती १२ बजेसम्मलाई लम्वाइएको हो । निषेधाज्ञा थप गरिए पनि केही खुकुलो भने बनाइएको छ ।

बैंठकले होटल तथा रेष्टुरेण्ड, विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर, बाहेक अन्य पसलहरु विहान ७ बजेदेखि १२ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । यस्तै यस अघि बैंक तथा वित्तिय संस्थाहरु विहान ७ बजेदेखि ११ बजेसम्म खुल्दै आएकोमा समय बढाएर १० बजेदेखि ५ बजेसम्म खुल्न दिने निर्णय भएको छ ।

पुस्तक पसलहरु,दैनिक उपभोग्य खाद्य सामग्री दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु यस अघि खुल्दै आएकोमा अबदेखि होटल तथा रेष्टुरेण्ड, विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर बाहेक अन्य सबै पसलहरु दैनिक ५ घण्टा खोल्न दिइने छ । यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु बाहेक अन्य निजी तथा सार्वजनिक यातायातमा भने रोक लगाइएको छ ।

एम्वुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुका दाना, दूध, फलफूल, तरकारी, माछा, मासू, पानी,ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्च पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारीहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचय पत्र वाहक सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक पाल्पा जिल्लाभर सञ्चालन हुने यात्रुवाहक, सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । औषधी तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update