Shittalpati
काँग्रेस महाधिवेशनको चर्चा

नेपाली काँग्रेस पार्टीको महाधिवेशन नजिकिदै छ । नियमित रूपमा भएको भए २०७६ सालमै भइसक्नुपर्ने महाधिवेशन विभिन्न कारणले मिति सर्दासर्दै अहिले भदौमा हुने भनिएको छ । यो कानुनतः अन्तिम म्याद हो । संविधान तथा पार्टीको विधानले निर्धारित गरेको समयावधिभित्रै महाधिवेशन गर्न नसकेका खण्डमा पार्टीको वैधानिकता कायम नहुने भएकाले यो म्याद नेपाली काँग्रेस पार्टीको वैधानिकताका लागि नगरी नहुने अन्तिम म्याद हो ।


काँग्रेसको विधान अनुसार केन्द्रिय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हो । जसको अहिले यथाशक्य छिटो आवश्यकता देखिएको छ । किनकी नेपाली काँग्रेसको १३ औं महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो र उक्त महाधिवेशनबाट पार्टी सभापतिका रुपमा शेरबहादुर देउवा निर्वाचित भएका थिए, जो अहिलेपनि पार्टी सभापति नै छन् । तर पार्टी तथा मुलुकको यस्तो विषम परिस्थितीमा पार्टीले अंगीकार गर्ने सिद्धान्त, नीति तथा कार्यक्रम विहिनताको परिस्थितीमा काँग्रेस गुज्रिरहेको छ । नेपाली काँग्रेस पार्टीको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि ४ बर्षको हुनेछ भन्ने व्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार देउवाको कार्यकाल २०७६ फागुनमै समाप्त भईसकेको छ । तर सोही दफामा उल्लेखित असाधारण स्थिती भएमा केन्द्रिय कार्यसमितिले सोको कारण खोली बढीमा एकबर्षसम्मको अवधि बढाउन सक्नेछ भन्ने व्यवस्था बमोजिम देउवाले पार्टी केन्द्रिय कार्यसमितिबाट निर्णय गराई सो एकबर्षे कार्यकाल पनि थप गरिसकेका छन् । यसरी हेर्दा आगामी भदौ महिनामा पार्टीको महाधिवेशन सम्पन्न हुनसक्दा पार्टीको बैधता कायमै रहने देखिन्छ एकातिर कोरोनाले देश आक्रान्त छ भने अर्कातिर मध्येबर्खाको याम छ तैपनि महाधिवेशन नगरी नहुने बाध्यात्मक अवस्था छ । नेपाली कांग्रेसका लागि यो चुनौतीपूर्ण अवस्था पनि हो । महाधिवेशन हुँदैन कि भन्ने आशंका र नभएका खण्डमा पार्टीको अवस्था के हुने भन्ने शंकाउपशंकाका बीच महाधिवेशन हुने पक्कापक्की भएको छ । त्यसको चर्चापरिचर्चा र चहलपहल सुरु भएको देखिन थालेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update