Shittalpati
सरकार छिटो खोप ल्याऊ

कोभिड १९ को दोस्रो चरणको महामारी नसेलाउँदै, तेस्रो चरणको आगमन हुने चर्चा चलेको छ । मुलुकका हरेक नागरिकले खोप अर्थात् भ्याक्सीन नपाएसम्म यो महामारीबाट आंिशक भए पनि बचाउ गर्ने अर्को उपाय छैन । त्यस कारण जति सक्दो छिटो कोभिड १९ को खोप सेवा जनजनमा लग्नुको विकल्प छैन । अहिलेको महामारीका कारण मानवीय क्षतिका साथै आर्थिक, सामाजिक सबै खाले संरचनाहरु ध्वस्त हुने अवस्था आएको छ । मुलुकमा राजनैतिक अस्थिरताका साथै रोगको महामारीले गर्दा आम सर्वसाधारणले जीवन मरणको अवस्थाबाट गुज्रिरहनुपर्ने भएको अवस्था प्रति सरकारको ध्यान जुन रुपमा जानुपर्ने हो, त्यो रुपमा गएको पाईदैन ।
मानवका नैसर्गिक अधिकार प्रति पनि सरकारको ध्यान नजानु आफैमा अत्यान्तै दुःखद् पक्ष हो । यसले महामारीसँग जुध्न आम जनताको क्षमता समेत ह्रास ल्याएको महशुस गरिएको छ । दैनिक कमाएर खाने र कमाएको खाने विचको सामाजिक खाँडल समेत गहिरिदै जाने अवस्थाको कतैबाट पनि महशुस भए जस्तो लाग्दैन । सरकार आफैमा जनधनको रक्षका साथै स्वास्थ्य, शिक्षा र मानवीय अधिकारका आवश्यकता परिपूर्तिका लागि सहयोगी निकाय बन्नुपर्नेमा त्यसो भएको पाईएन्, त्यस कारण पनि जनताको आशा सरकारबाट टाढिएको हो । महामारीबाट बच्दै जनधन र आर्थिक विकासका हरेक अवयवहरुमा छिमेकी देशहरुको दाँजोमा हामी कमजोर किन भयौ ? यसैला सत्ताको रडाको किन, आफु अल्पमतमा पर्दा पनि सत्ता हस्तान्तरण गरेर जनसेवामा लाग्ने प्रेरणा किन पलाउँन सक्दैन् ? यी र यस्ता खालको धेरै प्रश्नहरु नेपाली नागरिकको मनमा उब्जिएका छन् । जन्म र मृत्यु एक सास्वत सत्य हो, तर आवश्यक स्वास्थ्य सेवाबाटै बञ्चित भएर मृत्युवरण गर्नुको पिडावोधका चहराई रहेका नेपालीहरुका घाउमा मल्हम लगाउँने काम भनेकै हालका लागि कोभिड विरुद्धको खोप नै हो । तसर्थ सरकार छिटो खोप ल्याउने र लगाउँने व्यवस्थालाई पहिलो प्राथिमिकताका साथ लाग्नुका विकल्प छैन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update