Shittalpati
पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि

गण्डकी, पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गरेका छन् । उनले अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गरेका हुन् ।

चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा स्नातकोत्तर गरेका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधि गरेका हुन् । उनलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक स्टोभरले उपाधि प्रधान गरेका छन् । पाँच वर्षअघि अध्ययनका क्रममा अमेरिका गएका गैरेले त्यसअघि कृषि तथा वन विश्वविद्यालय चितवनमा दुई वर्ष प्राध्यापन गरे थिए । विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको संक्रमण बढे पनि शैक्षिक क्यालेण्डरमा भने कुनै असर नपरेका कारण नियमित पढाइ भएको हुँदा समयमा नै विद्यावारिधि गर्न सफल भएको गैरेले बताए । –रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update