Shittalpati
नेल्टा पाल्पाको दोस्रो अधिवेशन, अध्यक्षमा श्रेष्ठ

पाल्पा,नेपाल पशु स्वास्थ्य प्राविधिक सेवा संघ (नेल्टा) पाल्पाको दोश्रो अधिवेसन भएको छ । शनिबार नेल्टाको दोस्रो अधिवेशन भएको हो । अधिवेशनले डोल प्रसाद श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा गणेश नेपाली, सचिवमा पारस मणी पाण्डे ,सह सचिव झविन्द्र पोखरेल,कोषाध्यक्ष गिता नेपाली रहेका छन् ।

अधिवेशनले सदस्यहरु अनिता पौडेल, बिजय खत्री, टेक प्रसाद खदाल, सिर्जना कोइरालाई चयन गरेको नेपाल प्रेस युनियन पाल्पाका प्रदेश पार्षद दिपक पोखरेलले जानकारी दिए । अधिवेशनको नेपाल पशु स्वास्थ्य प्राविधिक सेवा संघ(नेल्टा)का केन्द्रीय उपाध्यक्ष छवि भट्टराईले देशभरी छरिएर रहेका पशु स्वास्थ्य प्राविधिकहरुको हक हितका लागि संगठन सधै लाग्ने बताए । कार्यक्रममा नेल्टाका केन्द्रीय प्रतिनिधि हरि कोइराला र मोहन भट्टराईले कृषि र पशुपालनमा नेल्टाको योगदान महत्वपूर्ण रहेको बताउदै र नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे । नव निर्वाचित अध्यक्ष डोल प्रसाद श्रेष्ठले संगठलाई साझा संगठनको रुपमा लाने र ग्रामीण क्षेत्रमा रहेका पशुपालक किसानहरुको समस्या समाधान गरी उन्नत पशुपालनतर्फ सहयोग गर्न आफु र कार्य समिति लाग्ने प्रतिवद्धता जनाए ।

 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update