Shittalpati
खोपको गति बढाऊ

नेपालमा कोरोना महामारीको संक्रमण बढ्दै गएपछि विभिन्न दातृ राष्ट्रहरुले नेपालाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउदै आएका छन् । प्रारम्भिक चरणमा सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप ‘कोभिसिल्ड’ भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएपछि खोप अभियान सुरु भएको हो ।


बेलायत, अमेरिका लगायतका विकसित मुलुकले कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको करिब डेढ महिनापछि नेपालमा पनि यो अभियान सञ्चालन हुनु आफैंमा स्वागतयोग्य काम थियो । माघ दोस्रो साता नै नेपालमा खोप अभियान सुरु भएको हो । नेपाल सरकारले प्राथमिकताका आधारमा उक्त खोप उपलब्ध गरायो । कैयौं देशमा अझै कोभिडविरुद्धको खोप पुगेकै छैन् । यस मानेमा नेपाललाई भने भाग्यमानी मान्नुपर्छ । अहिलेसम्म करिब ४ लाखले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप दुवै मात्रा लगाइसकेका छन् । तैपनि माघ दोस्रो साता नै सुरु भएको खोप अभियान जुन गतिमा अघि बढ्नुपथ्र्याे, त्यसो हुन भने सकेको छैन । अहिले कोरोनाको दोस्रो लहर समेत सुरु भएको अवस्था छ । भुसको आगोझैँ अहिले संक्रमण तीव्ररुपमा फैलिएको छ । यस्तो अवस्थामा खोप अभियानलाई जति सक्दो तीव्रताका साथ अगाडि बढाउन आवश्यक छ । अन्यथा संक्रमणको अवस्था भयावह नहोला भन्न सकिदैन । छिमेकी भारतमा कोरोना व्यापक हुँदा दैनिक हजारौँको संख्यामा नेपालीहरु बिनारोकतोक विभिन्न सीमा नाकाबाट स्वदेश फर्किए । जसले गर्दा कोरोना संक्रमण नेपालका गाउँसहरसम्म विस्तार भयो । कमसेकम सीमामा कडाइ गरेर नेपाल भित्रिनेहरुलाई क्वारेन्टाइनमा राखेरमात्र गाउँ फर्काइएको भए अहिले नेपालमा भुसको आगोझैँ संक्रमण तीव्ररुपमा फैलिने थिएन । र, पुनः निषेधाज्ञाको मारमा कोही पनि पर्नुपर्ने थिएन । जे भए पनि अहिलेकै अवस्थामा खोपलाई तीव्र बनाउनुको विकल्प छैन । पहिलो डोज लगाएका धेरै नागरिकहरुले अझै पनि खोप लगाउन पाएका छैन । यस्तो अवस्थामा खोप अभियानलाई तीव्र बनाएर बढीभन्दा बढी जनताको जीवन जोगाउन आवश्यक मात्रामा खोप किन्ने बन्दोबस्त तुरुन्त मिलाई तीव्र रुपमा खोप अभियान चलाउन सरकारले कत्ति पनि ढिलाई गर्नु हुँदैन ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update