Shittalpati
विद्यालय बन्दसँगै विकल्प पनि खोजौं

नेपालमा कोरोना महामारीको दोस्रो लहरको संक्रमण व्यापक भए पछि सम्पूर्ण शैक्षिक संस्थाहरु मंगलबारदेखि बन्द भएका छन् । सक्रमणका कारण सरकारले विद्यालय तह र विश्व विद्यालयमा सञ्चालित सबै परीक्षाहरु समेत स्थगित गरेको छ । संक्रमणबाट अन्य क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि बढी नै प्रभावित भएका छन् । पढाई भन्दा पनि स्वास्थ्य नै ठूलो भएकाले यस्तो विषम परिस्थतीमा सरकारले विद्यालय बन्द गर्न निर्देन दिनुलाई सकारात्मक रुपमा लिनुपर्दछ ।
वयस्क व्यक्ति आफ्नो सुरक्षाको बारेमा सोच्न सक्छन्, जोखिम हुने जस्तो देखे भीडभाडमा नजान सक्छन्, परिस्थिति अनुसार तत्काल आफ्नो पाइला मोड्न सक्छन्, सँगै वा आसपासमा रहेको व्यक्तिको जोखिमपूर्ण व्यवहारप्रति विरोध जनाउन सक्छन् । तर सानो उमेरका कलिला केटाकेटी त्यसो गर्न सक्दैनन् । उनीहरू घरबाट निस्केर नफर्किएसम्म असुरक्षित रहन्छन् । उनीहरुको सुरक्षाको लागि भए पनि विद्यालय बन्द गरिनु एक अर्थमा राम्रै मान्नु पर्दछ । तर यसो भन्दैमा विद्यालय र अभिभावकहरुले यस्तो अवस्थामा आफ्ना बालबालिकाहरुलाई पढाउनु नै पर्दै भन्ने चाहि होइन । भौतिक रुपमा विद्यालय उपस्थित भएर पठन पाठन हुन नसके पनि घरमै बसेर पढ्न सक्ने विकल्पहरु पनि धेरै छन् ।

ति विपकल्प प्रति विद्यालय, अभिभावकहरुले सोच्नु पर्दछ ।नेपालको तुलनामा निकै ठूलो असर परेको अमेरिका, बेलायतलगायत युरोप र अन्य सम्पन्न मुलुकमा गत वर्षदेखि नै वैकल्पिक माध्यमबाट पढाइ सुचारु छ । विद्यार्थीको पढाइ, परीक्षालगायत अन्य सबै प्रकारका शैक्षिक गतिविधि रोकिएको छैन् । हामीकहाँ भने सधैंजसो बहस मात्रै हुने तर कार्यान्वयनमा चुस्तताको अभावमा पढाइमा प्रत्यक्ष असर परिरहेको छ । यसले समस्यालाई गुजुल्टो मात्रै पारेको छ । कोरोना आयो भन्दै आत्तिएर शैक्षिक संस्था बन्द गर्ने र हाइसन्चो मानेर बस्नुपर्ने अवस्था आउनुको मुख्य कारण यही हो । अब भने हरेकले फरक ढंगबाट सोच्नुपर्छ र कोरोनासँगै जुधेर बाँच्नसक्ने विकल्पमा छलफल हुनुपर्छ । गत वर्ष पनि कोरोनाकै कारण लकडाउन भएपछि लामो समयसम्म स्कुल तथा कलेज बन्द रहे । केहीले लकडाउन हुनेबित्तिकै स्वतस्फूर्त अनलाइन वा अन्य माध्यमबाट पढाइ सुचारु गरे भने केही विद्यालय लकडाउनको छट्पटीले आत्तिने तर विकल्प केही पनि दिन नसक्ने अवस्थामा पुगे । यसको असर अहिले पनि परिरहेको छ । अब भने सबै प्रकारका शैक्षिक संस्थाले वैकल्पिक माध्यमबाट हुने पढाइलाई पनि आफ्नो अभिन्न अङ्ग बनाउन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update